Logo

सरकारविरुद्धको आन्दोलन रोकिँदैन, झन चर्काउँछौं : शर्मा



काठमाडौं, १६ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारविरुद्ध आन्दोलन नरोक्ने बरु आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन गरी शर्माले यस्तो जानकारी दिएका हुन् । उनले काँग्रेसको पूर्व निर्धारित आन्दोलनका कार्यक्रमहरु स्थगित नहुने पनि बताए ।

काँग्रेस केन्द्रीय समिति बैठकको गत आईतबारको निर्णययानुसार गत माघ ११ गते प्रतिनिधिसभामा संसदीय प्रणाली र परम्परा विपरित मर्यादापालक प्रयोग गरी बलपूर्वक विधेयक पारित गरिएको घटनालाई गम्भीरतापूर्वक लिंदै बैठक त्यसको घोर भत्र्सना समेत गरेको थियो । माघ २१ गते ७७ जिल्लामा विरोध प्रदर्शन आयोजना गर्ने, प्रदर्शन ६ मुद्दामा केन्द्रीत रहने काँग्रेसले जनाएको छ ।

अबको यो आन्दोलन भ्रष्टाचार विरुद्ध, संघीयताको संविधानमा उल्लेख भएबमोजिमको कार्यान्वयन, डा. गोविन्द केसीको माग सम्बोधन र संसदीय सर्वाेच्चताको विषयमा केन्द्रीत हुने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot