Logo

डा. केसीका बाँकी माग पूरा गर्न ढिलाई गर्नुहुँदैन् : पूर्वप्रधानन्यायाधीश कार्की



काठमाडौं, १६ माघ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की २१ दिनदेखि अनसनरत् डा. गोविन्द केसीलाई भेट्न शिक्षण अस्पताल पुगेकी छन्। कार्कीले अनसनरत डा. केसीलाई भेटेपछि जनताको जीत हुने र सिंगो राष्ट्रकै जीत हुने भएकाले पनि डा. केसीका बाँकी माग पनि पूरा गर्ने काममा ढिलाई नगर्न माग गरेकी छन्।

बुधबार आमरण अनसनरत डा. केसीको स्वास्थ्य अवस्था बुझेपछि उनले डा. केसीका सबै मागलाई पूरा गर्दा प्रधानमन्त्री ओलीको पनि जीत हुने स्पष्ट पारिन्। कार्कीले डा. केसीले जनता र राष्ट्रको माग उठाएकाले त्यसलाई पूरा गर्दा कसैलाई पनि असर नपर्ने दावी पनि गरेकी हुन्।

डा. केसीको माग जनता र राष्ट्रको भएकाले त्यसलाई सम्बोधन गर्न सरकारले ढिलाई गर्न नहुने उनको भनाई छ। उनले संचारकर्मीमाझ डा. केसीको वर्षौदेखिको आन्दोलनको कारण नेपालको मेडिकल क्षेत्रमा सुधार हुँदै आएको पनि उल्लेख गरिन्। पूर्व प्रधानन्यायाधिश कार्कीले डा. केसीका माग पूरा गर्न ढिलाई नगर्न पनि सरकारलाई सचेत गराएकी छन्।



प्रतिक्रिया दिनुहोस्