काठमाडौ,१८ माघ । हृदयाघात भएपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका पूर्वयुवराज पारस वीरविक्रम शाह अस्पतालबाट डिस्चार्ज भएका छन् ।
पारसको मुटुको कोरोनरी एञ्जियोप्लास्टी गरेर स्टेन्ट राखिएको छ । उनको स्वास्थ्यमा सुधार आएपछि आज अस्पातालबाट डिस्चार्ज गरिएको हो । उनलाई लिन आफन्तहरु अस्पताल पुगेका थिए ।गम्भीर प्रकारको हृदयाघात भएपछि आइतबार दिउँसो साढे चार बजे पारसलाई नर्भिक अस्पताल भर्ना गरिएको थियो ।