काठमाडौं, १८ माघ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले डा. गोविन्द केसी र नेपाल मेडिकल एशोसिएशनले जनतालाई दुःख दिने काम गरिरहेको आरोप लगाएका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दैउनले भने,‘एशोसियएनले वार्ताको लागि पहल गर्नुपर्छ । तपाईहरुको कुरा सरकारले सुन्छ। अस्पताल बन्द गरेर जनतालाई सास्ती दिने काम गर्नुहुँदैन् ।’
उनले डा. केसीले संसदीय सर्वोच्चतालाई बुझ्नुपर्ने धारणा राखे । उनले भने,‘ओलीलाई कमजोर गर्ने कुरा गर्नुहोस, यसमा कुनै आपत्ति छैन । तर, संसदलाई कमजोर पार्ने कुरा नगर्नुहोस् ।’
उनले संसदबाट पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विद्येयकमा केसीले उठाएका प्रायः सबै माग समावेश भएको पनि दाबी गरे । तर, केसीले राजनीतिक मुद्दा उठाएकोमा उनले दुःख पोखे । उनले अस्पताल बन्द गरेर के गर्न खोजेको हो ? भन्दै नेपाल चिकित्सक संघलाई प्रश्न पनि तेर्साए ।