Logo

चितवनको विकाशका निम्ति प्रचण्डको पहलमा ४ अर्बको बजेट



केदार शर्मा, चितवन । माघ १९ । चितवन निर्बाचन क्षेत्र नम्बर तीनबाट संघिय संसदमा निर्बाचित पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा बिकाशका पुर्बाधारहरु सडक, पुल, बिद्यालय, स्वास्थ्य संस्था, पर्यटन कृषि लगाएतको बिकाशको लागि ४ अर्ब रकम बिनियोजन भएको छ । तीन नम्बर क्षेत्रका जनताको जन अपेक्षलाई निर्बाचित भएको एक बर्ष बित्न नपाउदै बिकाशको गति पक्डीदै बजेट बिनियोजन भएको देखिन्छ । हरेक नगर भित्रका जन प्रतिनिधी सामाजिक अभियानता र मतदाताहरुको मागको आधारमा बजेट बिनियोजित गरिएको उहाँकोे स्वकिय निशा न्यौपानेले बताउनु भयो ।

पुष्पकमल दाहाल प्रचण्डको पहलमा सबै भन्दा बढी रकम रिङ रोड, लिङ रोड र प्रचण्ड मार्गकोलागि २ अर्ब बिनियोजन गरिएको छ । ०७७ असार मसान्त सम्म समपन्न गर्ने गरि यति बेला सहरी बिकाश कार्यक्रम अनर्तगत बिभिन्न १३ वटा सडकमा काम भईरहेको छ । अध्यक्ष प्रचण्ड निर्बाचित भईसकेपछि पटक पटक गरेर २३ पटक चितवन आउनु भएको छ । उहाँ चितवन आएर बिभिन्न योजनाको शिलन्यास सँगै घरदैलो कार्यक्रम गर्ने गरेको सचिवालयले जनाएको छ । उहाँले जनताको मागलाई संबोधन गर्नको निम्ति समर्पक कार्यलय समेत स्थापना गर्नु भएको छ ।

पुर्ब प्रधानान्त्री समेत रहुन भएका प्रचण्डको पहलमा चितवन जिल्लमा पाँच हजार सम्म अट्ने गरि अत्याधुनिक सिटिहल र रामपुरमा बन्न लागेको त्रिभुवन अन्तरनष्ट्रिय क्रिकेट रंङ्गशालाको निर्माण कार्य समेत अगाडी बढेको छ । प्रचण्डकै पहलमा पुलचोक देखि गोन्द्राङ सम्मको सडकलाई यतिबेला ६ लेनमा रुपान्तरण गर्ने गरि डिपीआर भईरहेको छ । उहाँका सचिबालयको अनुसार ब्युटिफिकेसन अनुसार ब्रिज सहितको सडक निर्माण गर्ने गरि डिपिआर भईरहेको र केहि दिनमै योजना घोषणा हुदै छ । प्रचण्डले ढल प्रसोदन केन्द्र सञ्चालन गर्ने गरि काम गरि रहनु भएको उहाँका सचिबालयले जनाएको छ ।

२ अर्बको प्याकेज अनुसार निर्माण भएका प्रचण्डमार्ग जोड्ने १३ वटा सडक निम्न प्रकारका रहेका छन ।

क्रस आयोजनाको नाम लागत रकम (भ्याट बाहेक)
०१ महेन्द्रचोक तेलौली सडक खण्ड १८ करोड ३३ लाख ४० हजार ९४ रुपंैया
०२ मुत्तराज चोकदेखि भरतपुर महानगको २५ नम्बर वडा कार्यलय सम्मको सडक खण्ड २७ करोड ३५ लाख ७ सय ९८ रुपैंया
०३ पुल्लर देखि गंगा नगर बिद्यालय सम्मको सडक खण्ड ८ करोड २२ लाख ७८ हजार ५ सय ८८ रुपंैया
०४ पारिजात चोक देखि उज्वल नगर जंगल सिमाना सम्मको सडक खण्ड ११ करोड २३ लाख ७ सय ७८ रुपंैया
०५ कैलाशचोक देखि चनौली बजार सम्मको सडक खण्ड ११ करोड १४ लाख ९१ हजार १५ रुपंैया
०६ गोन्द्राङ देखि वडा नम्बर २२, २३ को सिमाना जोड्ने सडक खण्ड २४ करोड ४ लाख १ हजार ४ सय ७८
०७ महेन्द्र चोक तेलौली सडकको प्रचण्ड मार्ग पहिलो ३६ करोड ५९ लाख २१ हजार ५ सय १२
०८ महेन्द्र चोक तेलौली सडकको प्रचण्ड मार्ग दोश्रो ९ करोड ६९ लाख ११ हजार ४ सय ६६ रुपंैया
०९ डेरिचोक पुल्लर सडक (अतिथि सडक) २ करोड ८७ लाख ६७ हजार ५ सय ३६ रुपंैया
१० दियालो रोड (दुई नम्बरबाट ३ नम्बर जोड्नको लागि) ३ करोड ४२ लाख ७६ हजार ६ सय २ रुपंैया
११ पुलचोक देखि राघाट सम्म सम्म १२ करोड १० लाख ५३ हजार ७ सय ७० रुपंैया
१२ शिबघाट–सुन्दर कुमारचोक–सापकोटा चोक हुदै पकौडी रोड सम्म १६ करोड २३ लाख ९४ हजार ९ सय ९९ रुपंैया
१३ शहीद चोक–धर्मचोक हुदै कचकचे सम्मको सडक १८ करोड ६३ लख ७९ हजार ७ सय ८१ रुपंैया

यस्तै पुष्प कमल दाहाल प्रचण्ड मार्फत बिनियोजन भएको सांसद बिकाशको ४ करोड रकम पश्चिम चितवनको माडिमा रहेका बिभिन्न बिद्यालय तथा भरतपुर महानगरमा पर्ने बिभिन्न सडक तथा भौतिक पुर्बाधार निर्माणमा काम भईरहेको स्वकिय सचिब न्यौपानेले बताईन । प्रचण्डको पहलमा सडक डिभिजन कार्यलय मार्फत निर्माण भईरहेका बिभिन्न ७ वटा सडकको काम यति बेला भईरहेको छ । सडक डिभिजन मार्फत आएको ३८ करोड ३५ लाख रुपंैया रकममा बिभिन्न ७ वटा योजनाहरु निर्माण भईरहेका छन ।

३८ करोड ३५लाख रुपंैयामा निर्माण भईरहेका ७ वटा योजना निम्न रहेका छन ।
क्र.स. आयोजनाको नाम लागत रकम (भ्याट बाहेक)
०१ रामपुर–मेघौली सडक १३ करोड
०२ भरतपुर ठोरी हुलाकी सडकको(पटेहानी देखि जगतपुर पुल) सम्म १० करोड ७२ लाख
०३ वडा नम्बर १४ को बरको बोटबाट प्रचण्ड मार्ग जोड्ने सडक ५ करोड
०४ शितामाई सडक खण्ड ५ करोड ६३ लाख
०५ पकौडी बिशालचोक देखि प्रचण्ड मार्ग जोड्ने सडक १ करोड ५० लाख
०६ मदन स्मृती पार्क भरतपुर १७ १ करोड
०७ भरतपुर १६ शिबराम चोक देखि जानकी चोक सम्मको सडक १ करोड

जंगलपारीको नगरपलकिाको रुपमा रहेको माडी नगरपालिकामा पनि प्रचण्डको पहलमा ९ वटा पुल हरु निर्माण भई रहेका छन । मुख्य राजमार्गमा पर्ने बिभिन्न ९ वटा खोलामा ९ वटा पुलहरु निर्माण भईरहेका हुन । ६४ करोड ११ लाख ३५ हजार रकम बिनियोजन गरेर पुलहरु निर्माण भईरहेका हुन । माडीमानै हुलाकी सडक खण्ड अनर्तगत २१ करोड १७ लाख रुपैया बजेट बिनियोजन गरेर १५ किलो मिटर सडक खण्ड निर्माण भईरहेको प्रचण्डकी स्वकिय सचिब न्यौपानेले बताउनु भयो ।

६४ करोड ११ लाख रुपंैयामा निर्माण भएका बिभिन्न ९ पुलहरु यस प्रकार छन ।

क्र.स. पुलको नाम लागत रकम
०१ पतरी खोला पुल ३ करोड ८४ लाख २५ हजार
०२ रिमाल खोला पुल ३ करोड ६५ लाख ५४ हजार ७ सय ८६
०३ बाँदरमुढे पुल ४ करोड९१ लाख ८६ हजार ६ सय ८०
०४ बगई पुल ९ करोड ३१ लाख ५८ हजार ९ सय ८१
०५ मुगई पुल ७ करोड ३५ लाख २५ हजार ३ सय ८१
०६ परवी पुल ४ करोड ३६ लाख २५ हजार ४ सय १
०७ धाँगर पुल ९ करोड ५१ लाख ५२ हजार ६ सय ४८
०८ टुनामुना पुल ५ करोड ९८ लाख ५९ हजार ५ सय २६
०९ रिउ पुल १५ करोड १६ लाख ५१ हजार ६ सय ६३

गत बिहिबार मात्रै शहरी विकास मन्त्रालयमार्फत भरतपुर महानगरपालिकामा संचालन हुन लागेको ५ वटा नयाँ आयोजनाको शिल्यान्स गरिएको छ । अध्यक्ष प्रचण्डको पहलमा शहरी विकास मन्त्रालयमार्फत सघन शहरी तथा भवन निर्माण आयोजनामा ४८ करोड ४१ लाख ३ हजार ४ सय ८५ रुपंैया रकम बिनियोजन गरेर बिभिन्न ५ वटा योजनामा काम भईरहेको छ ।

सघन शहरी तथा भवन निर्माण आयोजनामा ४८ करोड ४१ लाखमा भएको कामहरु
क्र.श. आयोजनाको नाम लागत रकम (भ्याट बाहेक)
०१ देबघाटमा बिधुत्तीय शबदाहा भवन तथा मलामी प्रतिक्षालय निर्माण कार्य ९ करोड ९२ लाख ११ हजार १ सय ८७
०२ भरतपुर अस्पतालमा बिरामी कुरुवा भवन ६ करोड २ लाख ९२ हजार ३ सय ८
०३ भरतपुर बसपार्कको निर्माण सुधार कार्य १० करोड ८ लाख ६८ हजार ८ सय १३
०४ रानीपोखरीमा पार्क तथा पुर्बाधार निर्माण १० करोड ३९ लाख १२ हजार ६ सय ५१
०५ लक्ष्मीनारायण तथा ओमकार्यश्वर मन्दिर पार्क तथा पुर्बाधार निर्माण ११ करोड ९८ लाख १८ हजार ५ सय २५

यसै बिच प्रचण्डकै पहलमा चितवन निर्बाचन क्षेत्र नम्बर २ मा पनि ४९ करोड बजेट बिनियोजन भएर सडक निर्माण तथा स्तर उन्नतकिो क्षेत्रमा काम भएको छ । अध्यक्ष प्रचण्डको पहलमा निर्बाचन क्षेत्र नम्बर २ अनर्तगतको रिङ रोडमा पर्ने बस पार्क देखि आँपटारी सम्मको सडक स्तर उन्नतीको लागि १८ करोड बराबरको काम सकिएको र २२ करोड रकम बिनियोजनको क्रममा रहेको छ । प्रचण्डको पहलमा मठ, मन्दिर तथा बिभिन्न साना खाले योजनामा समेत ५ करोड भन्दा बढी रकम निकासा भएको सचिबालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्