Logo

ला लिगामा बार्सिलोनाले भ्यालेन्सियासँग बराबरी खेल्यो, मेस्सीको उत्कृष्ट प्रर्दशन



काठमाडौं, २० माघ । स्पेनिस लिग फुटबलमा बार्सिलोना र भ्यालेन्सियाले २–२ गोलको बराबरी खेलेका छन् । घरेलु मैदान नुओ क्याम्पमा भएको खेलको ३२ मिनेटभित्र बार्सिलोना २–० ले पछि पर्‍यो ।

भ्यालेन्सियाका लागि केभिन गामेइरो र ड्यानिएल पारेयाले सुरुवाती दुई गोल गरे । यसपछि बार्सिलोनाका लियोनल मेस्सीले दुई गोल गर्दै खेल बराबरी गरेका हुन् । गएरातिको बराबरीपछि शीर्ष स्थानको बार्सिलोनाको २२ खेलबाट ५० अंक भएको छ ।

दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको २१ खेलबाट ४४ अंक छ । उसले आजराति रियाल बेटिससँग खेल्नेछ । गएराति भएका अन्य खेलमा रियाल सोसिडाडले एथ्लेटिक बिल्बाओलाई २–१ ले हराउँदा सेल्टा भिगोले सेभियालाई १–० ले हरायो ।

यस्तै लेभान्ते र गेटाफेले गोलरहित बराबरीमा चित्त बुझाएका छन् । २२ खेलबाट ५० अंक बनाएको बार्सिलोना शीर्ष स्थानमा कायमै छ। यस्तै एक खेल कम खेलेको एथ्लेटिको मड्रिड ४४ अंकसहित दोस्रो तथा ३९ अंकसहित रियल म्याड्रिड तेस्रो स्थानमा छन्।

एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्