Logo

निर्माता र निर्देशकमाथि आँचल र प्रशान्तको यस्तो आरोप (भिडियोसहित)



माघ २०, काठमाण्डौ । पछिल्लो समय नेपाली चलचित्र जगतमा लोकप्रिय बन्दै गएकी नायिका आँचल शर्माले सन्देशमुलक चलचित्र बन्न नसकेको बताएकी छिन् ।

प्राइम टाइम्स टेलिभिनजको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गदै शर्माले निर्माता निर्देशकहरु सन्देशमुलक चलचित्र बनाउन डराउनुपर्ने अवस्था रहेको बताइन् ।

कार्यक्रममा चरित्र अभिनेता प्रशान्त ताम्राकारले हरेक हप्ता २–३ वटा चलचित्र रिलिज हुँदा चलचित्रको व्यापार खस्किएको बताए ।

शर्मा र ताम्राकारले चलचित्रको संख्या र चलाउने पद्धतिमा सुधार गर्नुपर्नेमा जोड दिए ।

चलचित्रको संख्या बढ्दा दर्शक नै कुन चलचित्र हेर्ने भनेर दोधारमा पर्ने गरेको शर्माले बताइन् ।

नायिका शर्माले पछिल्लो समय नव नायिका र नव नायकको क्रेज सन्तोषजनक देखिएको दावी गरिन् ।

ताम्राकारले पनि कलाकारहरुको राम्रै क्रेज भएको बताए ।

शर्माले आफ्नो पहिलो चलचित्रले नै यो क्षेत्रमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेको बताइन् ।



प्रतिक्रिया दिनुहोस्