Logo

देशभरि काँग्रेसको शक्ति प्रर्दशन, कुन नेताले कहाँबाट सम्बोधन गर्दै ?



काठमाडौं, २१ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज देशभरि आफ्नो शक्ति प्रदर्शन गर्दैछ । सरकारविरुद्ध विभिन्न १६ आरोप लगाउँदै काँग्रेसले शक्ति प्रदर्शन गर्न लागेको हो । आज ७७ वटै जिल्लामा छुट्टाछुट्टै विरोध सभा आयोजना गरिएको छ । र, त्यहाँ शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

कसले कहाँबाट संवोधन गर्दै ?

= वरिष्ठ नेता रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँको विरोध प्रदर्शनको नेतृत्व गर्नेछन् ।

= उपसभापति विमलेन्द्र निधिले धनुषामा सम्वोधन गर्दैछन् ।

= महामन्त्री डा शशाङ्क कोइराला नवलपुरका विरोध सभामा सहभागी हुनेछन्।

= पार्टी प्रवक्ता एवं केन्द्रीय सदस्य विश्व प्रकाश शर्मा चितवनको विरोध सभामा सहभागी हुनेछन्।

= पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले झापामा सम्वोधन गर्दैछन् ।

= डा शेखर कोइराला मोरङको प्रदर्शनमा सहभागी हुनेछन्

= गगन थापा पोखराको विरोध सभामा सहभागी हुनेछन् ।
= गुरु घिमिरेले अर्घाखाँचीको विरोध सभालाई सम्वोधन गर्दैछन् ।

केन्द्रीय राजधानीमा हुने विरोध प्रदर्शन सहरका विभिन्न स्थानबाट निस्केर रत्नपार्क्स्थित शान्ति बाटिकामा पुगी सभामा टुंगिने छ। सभालाई केन्द्रीय नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । सरकारको विरुद्धमा माघ १३ गते बसेको काँंग्रेस केन्द्रीय समितिको बैठकले देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot