Logo

‘को बन्छ करोडपति’ को उत्कृष्ट सुरुवात, हमालको कमाल देखियो



काठमाडौं, २१ माघ । टेलिभिजन रियालिटी शो ‘को बन्छ करोडपति’ले राम्रो सुरुवात गरेको छ। एपी वान टेलिभिजनले फ्रेन्चाइज रियालिटी ‘शो’ नेपाल आइडल र बुगीवुगीको सफलता पश्चात ल्याएको यस शो प्रति दर्शकले राम्रो प्रतिक्रिया दिएका छन्।

आफ्नो अफिसियल युट्यूब ‘केबीसी नेपाल’मा राखेको पहिलो एपिसोडको भिडियोमा दर्शकले राम्रो प्रतिकृया दिएका हुन्। विश्वविख्यात टेलिभिजन रियालिटी शो ‘हु वान्ट्स टु बी अ मिलिनिअर’ को नेपालीमा ‘को बन्छ करोडपति’को नाम दिएको यस शोलाई महानायक राजेश हमालले उद्घोषण गर्दै आएका छन्। उनको उद्घोषणलाई दर्शकहरुले निकै नै तारिफ गरेका छन्।

आयोजकले यस ‘शो’लाई मोबाइल एपमार्फत खेल्न सकिने बनाइएको छ। ‘को बन्छ करोडपति’को मोबाइल एप मोबाइलको एप स्टोरमा गएर केबीसी नेपाल टाइप गरेर मोवाइलमा एप डाउनलोड गर्न सकिन्छ।

बौद्धिक खेल भएकोले यो खेललाई धेरैले मन पराएका छन्। तर आगामी दिनमा यस शो ले कत्तिको सफलता हात पार्न सक्छ त्यो भने हेर्न बाँकी नै छ।



प्रतिक्रिया दिनुहोस्