Logo

पूर्वराजा ज्ञानेन्द्र र राणाबीच भेटवार्ता, के कुरा भयो ?



काठमाडौं, २३ माघ । एकीकृत राप्रपा (राष्टवादी) का सह-महामन्त्री प्रदीप विक्रम राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् ।

तराई यात्रामा निस्किएका पूर्वराजा शाहसँग राणाले बाराको सिमरास्थित् प्रभु निवासमा भेटवार्ता गरेका हुन् । सो अवसरमा राणाले राप्रपाहरु एक ढिक्का हुनुपर्ने धारणा राखेका थिए । त्यस्तै उनले राजा र हिन्दूराष्टको नाम बेच्नेहरुको पहिचान गर्नपनि शाहलाई आग्रह गरेका थिए ।

उनले पूर्वराजासँग पछिल्लो समय राष्ट्र अप्ठ्यारोमा परेको सुनाउँदै मुलुकलाई जोगाउनको लागि पनि पहल लिन आग्रह गरेका थिए । उनले भने,”मैले हजुरले नै नेतृत्व लिनुपर्छ । अब यहाँ सक्रिय हुनुपर्छ भनेर आफ्नो कुरा राखेको थिएँ ।”

जवाफमा पूर्वराजाले जनताको चाहना भयो भने अघि बढ्न सकिने धारणा राखेको राणाको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्