Logo

सांसदहरुले उठाएका प्रश्न्नको जवाफ दिँदै मन्त्रीहरु (लाईभ-भिडियो)



काठमाडौं, २३ माघ । प्रतिनिधिसभाको बुधबारको बैठकमा चार जना विभागीय मन्त्रीहरुले संसदमा उपस्थित भएर सांसदहरुले सोधेका प्रश्नको जवाफ दिईरहेका छन् ।

गत माघ ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले सोधेका प्रश्नको जवाफ दिएर प्रश्नोत्तरको थालनी भएको थियो । प्रश्नोत्तर भने अग्रिम रुपमा टिपाउने नियम बनाइएको छ । प्रतिनिधिसभा नियमावली अनुसार एक दिनको प्रश्नोत्तरमा बढीमा २० वटासम्म मौखिक प्रश्न सोध्न सकिन्छ भने एउटा सांसदले बढीमा दुईवटा मात्र प्रश्न गर्न पाउँछन् ।

सांसदहरुले दर्ता गराएका लिखित प्रश्नको मन्त्रीहरुले आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा पालैपालो जवाफ दिने कार्यक्रम छ । बैठकमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा युवराज खतिवडा, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापामगरले सांसदले दर्ता गराएका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस्