Logo

शान्तिपुर्ण आन्दोलनमा आउन दाङबाट बिप्लबलाई कृष्ण पहाडीको आह्वान



शरद रेग्मी  :  दाङ,२६ माघ / मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले बिप्लप नेतृत्वको नेकपालाई पुरानो दलदलको हिंसाको मार्ग तीर नजान आग्रह गर्नुभएको छ । जानुभएको छ, भने शान्तिपूर्ण र रचनात्मक मार्गमा आनुहोस्,पहाडीले आह्वान गर्नुभयो ।

मानव अधिकार तथा शान्ति समाज दाङले आज शनिबार तुलसीपुरमा आयोजना गरिएको सन्र्दभ ः मानव अधिकार र सुशासन बिषयक अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्नुहुदै पहाडीले गतल बाटोलाई त्यागि शान्ति प्रक्रियामा आउन बिप्लप नेतृत्वको नेकपालाई आह्वान गर्नुभएको हो ।

ईतिहासबाट पाठ सक्नुपर्छ,बिपी नेतृत्वको नेपाली काग्रेसले पनि हिंसात्मक आन्दोलन गरेको थियोे,परिणाम के भयो,विपी कोईरालले स्वीकार गर्नुभयो,यो माध्यमबाट हामी कोही रहदैनौ,२०३३ सालमा मेलमिलाप नीति ल्याएर देश फर्कनुभयो ।

परिणाम स्वरुप २०३६ सालमा लोकतन्त्रको बिशाल आन्दोलन शुरुभएकै हो,वरिष्ठ मानव अधिकारकर्मी पहाडीले स्मरण गराउनुभयो ।
नेकपा मालले पनि हिंसात्मक आन्दोलन त्याग्यो,१२ बुँदे सहमति गरेर तत्कालीन नेकपा माओबादी शान्तिपूर्ण मार्गमा आयोे,२०६५ सालमा माओबादीले देशको नेतृत्व गरेकै हो ।

बिगतमा गरेको हिंसाको अनुमोदन होईन,शान्तिपूर्ण मार्गमा आएका कारण नागरिकले मतदान गरि मुलुक सञ्चालन गर्न स्वागत गरेका छन् । त्यसैले राजनीतिक रिक्ततालाई भर्नका लागि हिंसाको दलदलमा नजान दाङबाट फेरी पनि बिप्लप नेतृत्वको नेकपालाई आग्रह गर्छु, उहाले भन्नुभयोे ।

अर्को प्रसङमा उहाले भन्नुभयो,सरकारमा सहिंष्णुता हुनुपर्छ । सरकारले अभिभावकको भूमिका निर्बाह गर्नुपर्छ,खराव अभिभावकले गलत आचरण प्रर्दशन गर्छ,त्यसकारण सकारात्मक आचारणको भूमिका खेल्न सरकारलाई आग्रह गर्नुभयो ।

समाजबादी सरकारले उठाउने स्वास्थ्य सम्बन्धि सवाल सत्याग्रही डाक्टर गोबिन्द केसीले उठाउनुभएको छ । नेपालको स्वास्थ्य सेवा अत्यन्त खर्चिला भएकाले गरिव जनतालाई ठुलो रोग लाग्यो भने घर जग्गा बेच्नुपर्छ कि मृत्युको मुख बाहेक अरु कुरै छैन् ।

जनमुखि जनतामुखि स्वास्थ्यको कार्यक्रम ल्याउनुपर्ने हो तर ल्याईदैन । नागरिक समाज पछिल्ला दिनमा सरकारका यस्ता कृयाकलापका कारण त्रसित भएको छ । अराजकबादी आन्दोलन नेपालमा तराईलाई केन्द्र बिन्दु बनाई उठयो भने नियन्त्रण बाहिर जान सक्ने आशंका समेत उहाले गर्नुभएको छ ।

वाईडबडी प्रकरणमा जनतालाई तीन तीन पटक झुठो बोल्ने मन्त्री रबीन्द्र अधिकारले राजीनामा दिनुपर्छ होईन भने प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने उहाको सुझाब छ ।

वर्तमान सरकारलाई प्रमुख प्रतिपक्ष नेपाली काग्रेस भन्दा आफ्नै पार्टी नेकपा संसदीय दलबाटै दुर्घटना हुन सक्ने बिचार समेत उहाले राख्नुभएको छ ।

शान्ति समाज दाङका सभापति शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डले तुलसीपुरमा मानव अधिकार र शान्ति सम्मेलन गर्न आह्वान गर्नुभयो ।

नगर प्रमुख पाण्डेले सुसासन र पारणदर्शिता आफ्नो प्रमुख अभियान रहेको भन्दै त्यसमा सबै नगरबासिहरुलाई सहयोग गर्न आब्हान समेत गर्नुभएको थियो । उहाले शान्ति समाजको अभियानमा आफु सधैंभरि सहयोगीको भुमिकामा रहने समेत प्रष्ट पार्नुभयो ।

सो अवसरमा नेकपा दाङका नेता टीकाराम खड्का,नेपाली काग्रेस दाङका सभापति कृत्तिबहादुर खड्का,नेपाली काग्रेस सल्यानका पूर्ब सभापति ध्रुवराज पुरी,मानव अधिकार तथा शान्ति समाजका बरिष्ठ उपसभापति गोबिन्द खनाल,केन्द्रिय महासचिब सुशील बस्नेत,बरिष्ठ अधिबक्ता डिल्लीराज धिताल,शान्ति समाजका पूर्ब केन्द्रिय उपसभापति मोहन धिताल,नागरिक समाज दाङका सल्लाहकार टीकाराम रेग्मी,नेपाल रेडक्रस सोसाईटी दाङका सभापति नारायण आचार्य,थारु कल्याणकारिणी सभाका केन्द्रिय सदस्य चूर्णबहादुर चौधरी,महिला मानव अधिकार रक्षक सञ्जालका निर्वतमान अध्यक्ष सुष्मा गिरी,तुलसीपुर उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष बिमल रिजाल,तुलसीपुर नगर जेसीजका प्रबक्ता नारायण भट्टराई,अपाङ समाज सुधार केन्द्रका अध्यक्ष हुमाँकान्त कँडेल लगायतले मानव अधिकार र सुशासनका बारेमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा बिषय प्रबेश शाखाका पूर्ब सभापति निर्मल नेपालीले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तब्य उपसभापति तुलसीराम सुनार र सहजिकरण सचिब निर्मला डिसीले गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्