Logo

बेला न कुबेला भेनेजुएला !



काठमाडौं २७ माघ । अचेल जताततै एउटा भनाइ सुनिन्छ- बेला न कुबेला भेनेजुएला। कुनै साइनो-सम्बन्ध नभएको भेनेजुएला नेकपा र सरकारमा अहिले टाउको दुखाइ बनेको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली विदेशमा भएका बेला अर्का अध्यक्ष पुष्पकमल दाहालले निकालेको विज्ञप्तिले दुई अध्यक्षको सम्बन्धमा पनि तिक्तता बढाएको छ।

यही विषयमा दुई दिन यताको ‘जुहारी’ पछि शनिवार विहानै नेकपाका अध्यक्षद्दय ओली र दाहालवीच वालुवाटारमा भेट भयो। भेनेजुएला संकटमा दिएको वक्तब्यपछि एक- अर्काले दुवैका अभिब्यक्तिलाई ‘ब्यक्तिगत’ अथ्याइँरहदा वढ्दै गएको असमझदारीका वीच नेकपाका दुई पाइलटका वीचमा भेट भएको हो।

भेनुजुऐला प्रकरणमा अध्यक्ष दाहाल ‘शब्दमा चिप्लिएको’ टिप्पणी प्रधानमन्त्री समेत रहेका ओलीले एक टेलिभिजन कार्यक्रम गरेपछि ओली-दाहाल सम्वन्धमा देखिने गरि नै असमझदारी वढेको थियो। तत्कालिन एमाले-माओवादी एकतापछि ओली-दाहालले एक-अर्काका विरुद्ध खास आलोचनात्मक अभिब्यक्ति दिएका थिएनन। ओलीले टेलिभिजन कार्यक्रममा समकक्षी अध्यक्षको वक्तब्यलाई ‘अमुक ब्यक्तिको वब्क्तब्य र शब्द चिप्लिएको’ भनेपछि दाहाल आक्रोशित थिए। उनले पनि ओलीलाई जवाफ दिने शैलीमा गृहनगर पुगेर ओलीका अभिब्यक्ति ‘ब्यक्तिगत भएको भन्दै अर्थ नहुने’ मात्रै वताएनन्, शुक्रवार सार्वजनिक कार्यक्रममै ओलीले नेतृत्व गरेको सरकारको कार्यशैलीमाथी पनि प्रश्न उठाईदिए।

बेला न कुबेला भेनेजुएला !भेनेजुएला वब्क्तयपछि देखिएको असमझदारी दाहालले सरकारको कार्यशैलीमा समेत लगेर थपिदिए। यसले यी दुई अध्यक्षका वीचमा असमझदारी वढन थालेको देखिएको छ। ‘संविधानको मर्म अनुसार सिंहदरवारको अधिकार प्रत्यायोजित गरिदै छ त ? स्थानिय तह र प्रदेशलाई कानुन, सुरक्षा, कर्मचारी र वजेट दिइदैछ त ? ’ दाहालले सरकारले संघीयता कार्यान्वयनलाई खेलाची ठानेको संकेत गदै शुक्रवारको एक कार्यक्रममार्फत चेतावनी दिएका थिए,-‘शान्ति प्रक्रिया र संविधानलाई हलुका ढंगले वुझिए अर्काे माओवादी जन्मिन्छ। त्यसले झन ठूलो खतरा ल्याउन सक्छ।’

प्रतिपक्षी नेता शेरवहादुर देउवाको भूमिका खुम्चिएको र नेकपाका अध्यक्ष दाहाल पनि मौन वस्न थालेको भनी टिप्पणी भईरहदा दाहालले ओली र सरकारमाथी नै एकाएक ‘फायर’ खोलेपछि नेकपाका दुई खेमाका वीचमा असमझदारी वढेको थियो। त्यही असमझदारी अन्त्य गर्ने उदेश्यले शनिवार दुई अध्यक्षका वीचमा भेट भएको नेकपा स्रोतले वतायो। प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले दुई अध्यक्ष वीचको भेटको पुष्टि गरे। तरअध्यक्षद्दयका वीचको कुराकानीका वारेमा उनी थप खुलेनन।

तर वालुवाटार स्रोतका अनुसार, दाहालसँगको भेटमा ओलीले सम्वन्धमा अविश्वास सिर्जना गर्नेतिर लाग्न नहुने धारणा राखेका थिए। ‘सञ्चारमाध्यम र टोलछिमेकमा हाम्रो सम्वन्ध विग्रेको भन्दै कुरा काट्न शुरु भएको छ, असमझदारी कही कतै छन् भने त्यसलाई हटाउनु पर्छ। सम्वन्ध विगार्नु हुन्न,’ ओलीको भनाई उदधृत गदै वालुवाटार स्रोतले भन्यो।

दाहालले भने आफुले शुक्रवारको सार्वजनिक कार्यक्रममा दिएको अभिब्यक्ति सरकारमा मात्रै लक्षित नभई समग्र राष्ट्रिय -अन्तराष्ट्रिय परिस्थितीको आंकलनका सन्र्दभमा रहेर गरेको जवाफ ओलीलाई दिएका थिए। तर उनले सरकार र पार्टीका विषयमा प्रधानमन्त्री एक्लै हिडन खोज्दा केही असमझदारी वढ्न सक्ने भन्दै छलफलका आधारमा निर्णय प्रक्रियामा पुग्ने वाटो अवलम्वन गरेर जान सुझाएको स्रोतले वतायो।

दाहाल सरकारले अहिले निर्माण गरिरहेको कानुन, राजनीतिक नियुक्ति लगायतका विषयमा पनि प्रधानमन्त्री ओलीको कार्यशैलीसँग असन्तुष्ट छन्। त्यस्तै उनी तल्लो तहसम्मको पार्टी एकताका क्रममा देखिएको विलम्वमा पनि ओलीसँग सन्तुष्ट वन्न सकिरहेका छैनन।

प्रवक्ता नारायणकाजी श्रेष्ठले भने दुई अध्यक्षका वीचमा अहिले नै असमझदारी वढ्ने काम नभएको वताए। ‘संगठनिक एकता भएको छैन, हरहालतमा पूरा गर्नुपर्‍यो। एकता नहुादा आम फष्टेसन पैदा भईसकेको छ। सरकारलाई पनि हरहालतमा सफल वनाउनुपर्छ। यसमा सचेत गराउन सकिन्छ,’ प्रवक्ता श्रेष्ठले अन्नपूर्णसँग भने,-‘ यस्ता विषयमा छलफल गर्दा कहिलेकाही केही उतारचढावपूर्ण हुनपनि सक्छ। यसलाई अन्यथा असमझदारी वढेको भनी लिनु आवश्यक छैन। पार्टीभित्र यस्ता छलफल स्वभाविक हुन्छन्।’

तर दाहालको पछिल्ला दुई दिन यताका अभिब्यीक्तपछि भने नेकपाका अन्य नेताहरुले सामाजिक सन्जालमा पक्ष÷विपक्षमा अनेक टिप्पणी गर्न थालेका छन्। उपप्रधान तथा रक्षामन्त्री समेत रहेका सचिवालय सदस्य इश्वर पोखरेलले अध्यक्ष दाहाललाई लक्षित गदै उन्मादमा चल्न खोजेको आरोप लगाएका छन्। उनले समाजिक सन्जाल फेसवुकमा दुई वुदे टिप्पणी गदै ‘शनक र उन्मादमा चल्न चाहने वा रमाउनेहरूलाई नेतृत्वमा पुर्‍याउनु दुर्भाग्य हुने’ वताएका छन्।

‘कम्युनिष्ट पार्टीको नेतृत्व जनतामा परिचित, स्थापित र स्विकृत पात्रहरू नै हुन् र हुनुपर्छ। तिरस्कृत पात्रहरू नेतृत्वमा आउनै हुँदैन- ल्याइनै हुँदैन। अझ, शनक र उन्मादमा चल्न चाहने वा रमाउनेहरूलाई त यो ठाउँमा सर्वथा पुर्याउनै हुन्न। त्यस्तो हुँदा दुर्भाग्य मात्र हुन्छ।’ पोखरेलले भनेका छन्। त्यस्तै, स्थायी समिति सदस्य भीम रावलले पनि कुनै देश र सरकारका विषयमा सार्वजनिक रुपमा विवाद गर्दा कम्युनिष्ट पार्टीमा विभाजन आएको स्मरण गदै संयमित भएर एकताको काम अविलम्व टुग्याउन आग्रह गरेका छन्।

‘विगतमा कुनै देश र सरकार विशेषवारे सार्वजनिक रुपमा धेरै विवाद गर्दा कम्युनिष्ट पार्टीमा विभाजन समेत आएको स्मरण गदै संयमित भएर विधि र वैठकवाट विवाद टुग्याउनु र पार्टी एकीकरणको काम अविलम्व पूरा गर्नु वुद्धिमानी कार्य ठहरिने छ,’ रावलले भनेका छन्।

असन्तुष्टिका श्रंखृला

३ जेठको पार्टी एकतापछि एउटै जेटका जोर पाइलट वनेका ओली-दाहाल वीच विवाद र असमझदारी नदेखिएका होइनन। यस अगाडी पनि दुई नेतावीच असमझदारी देखिएका थिए। तर दाहालले त्यसलाई सार्वजनिक रुपमा ओकल्ने काम भने गरेका थिएनन। १९ भदौंमा चीन भ्रमणवाट फर्केपछि उनले सम्पादकहरुसागको भेटमा संघीयताको कार्यान्वयनन र सरकारका कामका विषयमा आफु चिन्तत भएको वताएका थिए। उनले भनेका थिए , -‘म यति भन्छु – म धेरै गम्भिर र चिन्तित पनि छु। घटनाक्रम र परिस्थिती जसरी गईरहेको छ, यस्तो त नहुनुपर्ने। मेरो पहलिो प्रयास प्रधानमन्त्री र पार्टीभित्र छलफल गरेर यसलाई करेक्सन गराउने तिर हुन्छ। त्यो भन्दा अर्काे केही हुदैन।’

पछिल्लो पटक आफुलाई नै मानमर्दन गर्ने गरि प्रधानमन्त्रीले आफनो वब्क्तब्यका विषयमा टेलिभिजन कार्यक्रममा टिप्पणी गरेपछि दाहाल ओलीसाग वढी असन्तुष्ट देखिएका थिए। त्यसो त ओलीले आफु स्वीजरल्याण्डको डावोसमा रहदा १० माघमा दाहाल , वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतको ललितपुरमा भएको छलफललाई पनि ‘रिमार्क’ गरेका थिए। आफु नहुदा नेताहरुको छलफल गराएको भन्दै दाहालसँग ओलीले असन्तुष्टि जनाएका थिए।

पार्टी एकता लगायतका विषयमा नेताहरुसँग भएको छलफलमा प्रधानमन्त्रीले जनाएको असन्तुष्टि लाई पनि दाहालले सहज लिन सकिरहेका थिएनन। सरकारले अहिले वनाउदै गरेका ऐन-कानुनका विषयमा पार्टीभित्र र शीर्ष नेताहरुका वीचमा प्रधानमन्त्रीले छलफल नै नगराएको दाहाल ओलीसाग चिढिएका थिए। पछिल्लो पटक सिडिओलाई अधिकार केन्द्रीत गर्ने गरि आएको प्रहरी सेवा ऐनमा दाहालको चित्त वुझेको थिएन। संघीयताको असली कार्यान्वयनमा लैजाने हो भने प्रदेशलाई वलियो वनाउनु पर्नेमा दाहाल छन्।

सरकारले गर्ने राजदुत, विभिन्न् आयोग पदाधिकारी लगायत अन्य राजनीतिक नियुक्तिमा छलफल नगरेकोमा पनि दाहाल ओलीसाग असन्तुष्ट छन्। प्रधानमन्त्रीले यी कुनै विषयमा दाहालसाग छलफल नगरेको दाहाल निकट स्रोत वताउाछ। १३ पुसमा सकिएको स्थायी समिति वैठकपछि नियुक्ति लगायतका विषयमा पार्टी र नेताहरुका वीचमा छलफल हुने अपेक्षा दाहालले गरेका थिए। तर पछिल्लो पटक सम्वैधानिक आयोगका अध्यक्षहरुको सिफारिसमा प्रधानमन्त्रीले पार्टीमा छलफल नगरेको दाहाल निकट नेताहरु वताउाछन्। अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्