Logo

टर्कीको सहयोगमा नेपालमा सुविधासम्पन्न क्यान्सर उपचार केन्द्र बन्दै



काठमाडौं, २ फागुन । टर्कीको ईस्तान्बुलमा रहेको रहित खयी मेडिकलले नेपाल मेडिसिटी अस्पतालसंगको सहकार्यमा क्यान्सर केन्द्रको स्थापना गर्ने विषयमा सम्झौता गरेको छ ।

ललितपुरको भैंसेपाटीमा अवस्थित् नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो, मेडिसिटीका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयराम र खयीका निर्देशक अर्दम गुने तथा नेपाल–टर्की व्यापार काउन्सिलका अध्यक्ष मुस्ताफा अकिन्छन्ले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअनुसार अब निकट भविष्यमा नै टर्कीको खयी मेडिकलले नेपालमा बन्ने क्यान्सर केन्द्रको संरचना विकास गर्ने र उत्कृष्ट उपकरणहरु भित्र्याउँदै क्यान्सरको सम्पूर्ण उपचार नेपालमै सम्भव गर्ने वातावरणको विकास गर्ने उल्लेख छ ।

अस्पतालका अध्यक्ष डा. महतोले यस किसिमको सम्झौताले स्वदेशमै नेपालीहरुले क्यान्सर रोगको उच्चस्तरीय उपचार पाउने र विदेशसम्म पुग्न नपर्ने बताएका छन् । सबै वर्ग र समुदायसम्म उपचार पहँुचयोग्य बनाउन पनि यस सहकार्यले महत्वपूर्ण भूमिका खेल्नेमा डा. महतो विश्वस्त छन् ।

नेपाल–टर्की व्यापार काउन्सिलका अध्यक्ष मुस्ताफा अकिन्छिनले सम्झौताको प्राथमिक चरणमा अधिक जनसंख्यामा देखिएको क्यान्सरजस्तो रोगको निराकरणमा टेवा पु¥याउन लागिपर्ने बताए । केही समयको अध्ययन र अनुशन्धानपश्चात् नै यस सम्झौता सम्भव भएको उनको भनाई थियो ।

केही समयमा नै यस सम्बन्धि काम सुरु हुने अस्पतालका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयरामले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot