Logo

प्रधानमन्त्रीले देशवासीका नाममा गर्न लागेको सम्बोधनमा के–के छ ?



काठमाडौँ, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले केही समयपछि देशवासीका नाममा सम्बोधन गर्दैछन् । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले आज सम्बाधन गर्न लागेका हुन् ।

सम्बोधनमा प्रधानमन्त्री ओलीले सरकारले एक वर्षमा गरेका उपलब्धि सार्वजनिक गर्नेछन् । सङ्घ र प्रदेशको निर्वाचनपछि २०७४ फागुन ३ गते ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

सिंहदरबारस्थित ग्यालरी बैठकमा अपराह्न ४ बजे प्रधानमन्त्रीको सम्बोधन हुनेछ । सम्बोधन समारोहमा मन्त्री र सरकारका विशिष्ट श्रेणीका कर्मचारीहरुको सहभागीता हुनेछ ।

आजको सम्बोधनमा प्रधानमन्त्री ओलीले यो एक वर्षमा सरकारले गरेका कामको मूल्यांकन गर्नेछन् । त्यस्तै उनले गर्ने सम्बोधनमा सबै मन्त्रीहरुको कामको डिटेल समिक्षा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot