Logo

भेरीमा यात्रुवाहक बस खस्दा चारको मृत्यु



जाजरकोट, २ फागुन : बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको भे १ ख १३२९ यात्रुवाहक बस भेरी नदीमा खस्दा चार जनाको मृत्यु भएको छ । आज बेलुका जाजरकोटको भेरी नगरपालिका–१ को खलङ्गा रिम्ना सडकखण्डको पिपे नजीकबाट बस भेरीमा खसेको हो ।

बसको चलानीअनुसार आठ जना यात्रु रहेको देखिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।  उद्धारका लागि घटनास्थलमा प्रहरी परिचालन गरिएको छ ।

घटनास्थलमा रुकुम पश्चिमको चाइना बगरबाट प्रहरी उद्धारका लागि खटिएको प्रजिअ बस्नेतले जानकारी दिनुभयो । रुकुम प्रहरीका अनुसार चार जनाको शव निकालिसकिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्