काँस्की, ३ फागुन । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले जनअपेक्षाअनुरुप सरकार अघि बढ्न नसकेको आरोप लगाएका छन् ।
शुक्रबार संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशद्वारा आयोजित साक्षात्कारमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले वर्तमान सरकार सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेपछिको सरकार भएकाले जनताले यसबाट धेरै अपेक्षा गरेको बताए ।
निजी क्षेत्रलाई लगानीमा आकर्षित गर्न नसक्दासम्म समृद्धि असम्भव भएको उल्लेख गर्दै उनले लगानीको वातावरण तयार गर्दै अघि बढ्नुको विकल्प नभएको बताए ।