Logo

ओली सरकारको एक वर्षे कार्यकाललाई शुन्य अंक दिन्छु : महासचिव मैनाली



काठमाडौं, ३ फागुन ।  नेकपा (माले) का महासचिव एवम् पूर्व उपप्रधानमन्त्री सिपी मैनालीले वर्तमान सरकारको एक वर्षे कार्यकाललाई आफूले शुन्य अंक दिने बताए । उनले भने,‘यो सरकार दुई तिहाईको सरकार हो, तर यो परम्रागत ढंगबाट नै चल्यो । यसले आफ्नो कम्युनिष्ट चरित्रअनुसार काम गर्न सकेन । त्यसैले शुन्य अंक पाउनुपर्ने हो ।’

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महासचिव मैनालीले सरकारले राम्रो योजनाअनुसार काम गर्न नसकेको पनि आरोप लगाए । उनले भने,‘यो सरकार पनि विगतकैजस्तो निरन्तरता भयो । अहिले यो यथास्थितिमा छ । उत्पादनमा ह«ास भएको छ । भ्रष्टाचारहरु छरिएका छन् । अहिले भ्रष्टाचारको ईपिसेन्टर स्थानीय निकायमा सरेको छ।’

मुलुकमा सुशासन पनि नभएको उनले आरोप लगाए । उनले भने,‘सरकार अहंकारी र दम्भी बनेको छ । सञ्चार जगतमा नियन्त्रण जमाउने र मुख थुन्ने काम भएको छ ।’ मैनालीले सरकारले अहिलेसम्म निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै कडा आलोचना गरे ।

सरकारले विकासको नााममा वातावरणीय पर्यावरणको विनाश गर्ने काम गरेको पनि उनको टिप्पणी थियो। उनले भने,‘विकासमा विनाश हुन्छ, तर कम क्षतिमा हुनुपर्दछ । अहिले त्यस्तो भएको छैन् । विकासको नाममा प्राकृतिक स्रोत र साधनको दोहन भैरहेको छ ।’

उनले मदन भण्डारी राजमार्ग र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्ने पक्षमा आफू रहेको बताए । यद्धपी यसको निर्माणसँगै बायोलोजिकल डाईभर्सीटीलाई पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

सरकार दलाल पुँजीपतीहरुको पक्षमा रहेको पनि उनले गम्भिर आरोप लगाए । उनले भने,‘भन्नलाई यसले समाजवादउन्मुख भनेपनि यसले व्यवहारमा त्यो चरित्र छोडिसक्यो । राष्ट्रिय चिकित्सा शिक्षा विद्येयक ल्याउँदापनि सरकारले प्राईभेटहरुलाई प्रोत्साह गर्नेगरि ल्याएको छ।’



प्रतिक्रिया दिनुहोस्