Logo

सरकारबारे राजपा : महन्थ एकातिर महेन्द्र अर्कोतिर



फागुन ३, काठमाण्डौ । सरकारलाई समर्थन गरेको तर सरकारपप्रति असन्तुष्टी जनाउँदै आएको राष्ट्रिय जनता पार्टीको संसदीय दलको बैठक आज बसेको थियो । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने कि कायम राख्ने भन्नेमा मत बाँडिएको छ ।

आजको बैठकमा पनि सरकारबारेको बहसले प्राथमिकता पाएको थियो । तर कुनै निर्णय हुन भने सकेन ।

सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्छ भन्ने पक्षमा राजपा अध्यक्षमण्डलका पूर्व संयोजक महन्थ ठाकुर पक्षधर छन् भने समर्थन जारी राखेर संविधान संशोधनका लागि सरकारलाई दबाब दिनुपर्छ भन्ने पक्षमा महेन्द्र राय यादव पक्षधर छन् ।

राजपाले अघि सारेकोमध्ये मुख्य माग भनिएको संविधान संशोधन गर्न सरकार तयार देखिएको छैन । यसै कारणले राजपा चिढिएको छ । तर समर्थन फिर्ता गर्ने निर्णय गर्न भने सकेको छैन ।

राजपाले संघीय सरकारले ल्याउन लागेको प्रहरीसम्बन्धी विधेयकमा संशोधन प्रस्ताव हाल्ने निर्णय गरेको छ भने कर्मचारी समायोजन विधेयकमा पनि आपत्ती जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्