फागुन ५, काठमाण्डौ । नेपाली चलचित्र क्षेत्रका महानायक नै भनेर चिनिएका राजेश हमालले आफूले संचालन गरिरहेको कार्यक्रम को बन्छ करोडपति विश्वकै उत्कृष्ट भएको दावी गरेका छन् ।
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै हमालले को बन्छ करोडपतिको लोकप्रियता पनि अत्याधिक रहेको बताए । अहिलेसम्म १२० वटा राष्ट्रमा संचालन भइसकेको यो कार्यक्रम नेपालमा उत्कृष्ट भएको बताए ।
हमालले निर्मला पन्त प्रकरणको कुरा गर्दा भने आँशु नै झारे । देशको अवस्थाबारे कुरा गर्दा उनले विकासका कामप्रति असन्तुष्टी व्यक्त गरे । देश विकास गर्दा ग्रास रुटका जनताको चाहना पहिला पूरा गर्नुपर्नेमा हमालले जोड दिए ।
हमालले तत्काल राजनीतिमा प्रवेश गर्ने चाहना नभएको पनि बताए ।
नेपालमा चलचित्र जगतमा लाखाँै मानिसले रोजगार पाएको भन्दै हमालले यो क्षेत्रलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।
आफूले पहिलो फिल्म खेल्दा घर परिवारका कसैले पनि हलमा गएर नहेरेको तितो स्मरण गर्दै हमालले अहिलेका पुस्तालाई सबैतिरबाट समर्थन प्राप्त हुने गरेको भन्दै खुशी व्यक्त गरे ।