Logo

गल्ती भए क्षमा चाहन्छु, तर मैले पाप गरेको छैन : पशुपति शर्मा (भिडियोसहित)



फागुन ६, काठमाण्डौ । विवादित बनिरहेको गीत ‘लुट्न सके लुट..’ का गायक पुशपति शर्माले आफूले आग्रह पूर्वाग्रह भएर गित नगाएको स्पष्ट पारेका छन् ।

आफू कुनै पनि दलमा आवद्ध नभएको दावी गर्दै उनले सत्तारुढ दल नेकपाका कार्यकर्ताले लगाएको आरोपको खण्डन गरे । आफूले विगतदेखि नै देश र जनताको पक्षमा गित गाउँने गरेको बताउँदै शर्माले स्वर्ग जस्तो देशमा ईन्द्रको शाषन नाभएकाले यमराजको संज्ञा दिएको स्पष्ट पारे ।

प्राइम टाइम्स टेलिभिनजको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै शर्माले प्रधानमन्त्री र राष्ट्रपतिले आफ्नो गित सेन्सर नगरी पुनः युटुबमा अपलोड गर्ने वातावरण बनाईदिनेमा आशा गरेका छन् ।

शर्माले आफ्नो गितका कारण राष्ट्रपतिको गरिमामा ठेस पुगेको भए क्षमा माग्ने बताए ।

“गल्ती भए क्षमा चाहन्छु । तर मैले पाप गरेको छैन ।” शर्माले भने ।

आफ्नो गितले श्रोता र दर्शकलाई मनोरञ्जन मात्रै नदिई सरकार चलाउनेलाई सगज पनि गराएको शर्माको जिकिर छ ।

शर्माले सरकारपक्षीय कार्यकर्ताको तिब्र आक्रोश र दबाबपछि गित युट्युबबाट हटाएका थिए ।

गीत भाइरल भएपछि नेकपासम्बद्ध कार्यकर्ताहरूले सामाजिक संजालमा पशुपति शर्मा बहिस्कार अभियान चलाएका थिए । त्यतिमात्रै होइन युवासंघ नेपाल नामको फेसबुक पेजबाट उनीबिरुद्ध धम्की दिएर बक्तब्य निकालिएको थियो ।

कार्यकर्ताहरूको आक्रोशबाट आत्तिएका गायक शर्माले शनिबार साँझ गीतमा प्रयोग भएका केही शब्दमा विवाद भएको भन्दै युट्युव पेजबाट गीत हटाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot