Logo

लोकतन्त्रविरुद्धका कुनैपनि कुरालाई छुट नदिने प्रधानमन्त्रीको चेतावनी



काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रविरुद्धको कुनै पनि क्रियाकलाप सह्य नहुने चेतावनी दिएका छन् । ६९ औं प्रजातन्त्र दिवसको अवसरमा सरकारले काठमाडौंको टुंडिखेलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दैै प्रधानमन्त्री ओलीले लोकतन्त्रविरुद्धका कुनै पनि कुरालाई छुट नदिइने चेतावनी दिएका हुन ।

देशको काँचुली फेर्ने अठोटका साथ अघि बढ्दै गर्दा नकारात्मक प्रवृत्ति पनि प्रतिबिम्वित भएको भन्दै उनले लोकतन्त्रिक प्रकृयामा अवरोध सिर्जना गर्ने, विकास–निर्माणमा बाधा हाल्ने, वैदेशिक लगानीकर्तालाई निरुत्साहित पार्नेजस्ता गतिविधिहरु निन्दनीय रहेको बताए ।

द्वन्द्व व्यवस्थापन लगभग भइसकेको भन्दै प्रधानमन्त्री ओलीले अन्तर्रा्ष्ट्रिय मञ्चहरुमा नेपालको प्रतिष्ठा बढेको जिकिर गरे ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा लगायत संवैधानिक उच्चपदस्थ अधिकारी, विदेशी कूटनीतिक नियोगका प्रमुखहरुको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्