Logo

न्यायाधीश जोशीद्वारा राजीनामा



काठमाडौं, ७ फागुन । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत उनले मंगलबार राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् ।

यसअघि जोशी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिसमा परे पनि संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको थियो । उनको शैक्षिक योग्यतामा प्रश्न उठाइएको थियो । २०६३ को अन्तरिम संविधान जारी भएपछि व्यवस्था गरिएको संसदीय सुनुवाइबाट अस्वीकृत हुने जोशी पहिलो न्यायाधीश हुन् ।



प्रतिक्रिया दिनुहोस्