काठमाडौं, ७ फागुन । युवा संघका अध्यक्ष रमेश पौडेलले गायक पशुपति शर्माको गीत जस्ताको त्यस्तै राख्न सहमति जनाएको छ । सोमबार राति प्राईम टाइम्स टेलिभिजनबाट प्रशारित भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पौडेलले यस्तो बताएका हुन् ।
उनले भने,‘हामीले त्यो गीत युट्युवबाट हटाउन भनेकै छैन । उहाँले राख्नुहुन्छ भने हामीलाई कुनै आपत्ति छैन् । कुनै पनि किसिमको अवरोध हुँदैन् ।’