Logo

युवा संघले माग्यो पशुपति शर्मासँग माफी, गित हाल्न आग्रह (भिडियोसहित)



काठमाडौं, ७ फागुन । युवा संघ नेपालले आपत्ती जनाएको तथा धम्की दिएका कारण गायक पशुपति शर्माले युटुबबाट गित हटाएको भनिएको गित पुनः हाल्न सक्ने बताएको छ ।

संघका अध्यक्ष रमेश पौडेलले शर्मालाई आफूहरुको आपत्ती भए पनि गित हटाउनै आवश्यक नरहेको संकेत दिएका हुन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै पौडेलले गितमा भएका केही शब्दावलीप्रति असन्तुष्टी भए पनि आफूहरुले धम्की वा चेतावनी नदिएको स्पष्ट पारे ।

टेलिभिजनक कार्यक्रममा कांग्रेस निकट तरुण दलका उपाध्यक्ष भुपेन्द्र जंग शाहीले गायक शर्मालाई नेकपा कार्यकर्ताले अनावश्यक टिप्पणी गरेर दबाब दिएको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्