Logo

पशुपति शर्माको प्रश्न–बेथिती र मनपरी भइरहँदा हामी चुप बस्नुपर्ने ? (भिडियोसहित)



काठमाडौं, ७ फागुन । लुट्न सके लुट गितका गायक पशुपति शर्माले देशमा भइरहेको बेथितीबारे गितका माध्यमबाट सन्देश दिएर आफूले गल्ती नगरेको बताएका छन् ।

विवादित बनिरहेको गीत ‘लुट्न सके लुट..’ का गायक शर्माले आफूले आग्रह पूर्वाग्रह भएर गित नगाएको पनि स्पष्ट पारेका छन् ।

आफू कुनै पनि दलमा आवद्ध नभएको दावी गर्दै उनले सत्तारुढ दल नेकपाका कार्यकर्ताले लगाएको आरोपको खण्डन गरे ।

प्राइम टाइम्स टेलिभिनजको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै शर्माले प्रधानमन्त्री र राष्ट्रपतिले आफ्नो गित सेन्सर नगरी पुनः युटुबमा अपलोड गर्ने वातावरण बनाईदिनेमा आशा गरेका छन् ।

आफ्नो गितले श्रोता र दर्शकलाई मनोरञ्जन मात्रै नदिई सरकार चलाउनेलाई सजग पनि गराएको शर्माको जिकिर छ ।

शर्माले सरकारपक्षीय कार्यकर्ताको तिब्र आक्रोश र दबाबपछि गित युट्युबबाट हटाएका थिए ।



प्रतिक्रिया दिनुहोस्