Logo

शाही युवा शक्तिले ढलेको त्रिभुवनको शालिक किन उठायो ?



काठमाडौं, ७ फागुन । राजावादी संगठन शाही युवा शक्ति नेपालले काठमाडौंको थानकोटस्थित् त्रिभुवन पार्कमा बेवारिसे अबस्थामा ढलेको त्रिभुवनको शालिक आज उठाएको छ।

६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर आफूहरुले शालिक उठाएको संगठनका अध्यक्ष पशुपति खड्काले जानकारी दिए । उनले यही फागुनभित्रै स्व. राजा त्रिभुवनको शालिक पुर्नस्थापना गर्नेपनि जनाए ।



प्रतिक्रिया दिनुहोस्