Logo

पशुपति शर्माको गीतबारे प्रधानमन्त्रीको टिप्पणी : ‘जनताले तिम्रो गीत मन पराएनौं भनेपछि युट्युबबाट हटाएछन्’



काठमाडौं, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले तिम्रो गीत मन पराएनौं भनेपछि पशुपति शर्माले उक्त गीत युट्युबबाट हटाएको टिप्पणी गरेका छन् ।

बुधबार सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गरेका हुन् । उनले भने,‘हामी नचाहिने कुरामा उत्ताउलो हुन्छौं। एउटाले भुलचुकमा गीत बनायो रे कता हो कता। लुट, लुट । गरी खाएर केही काम लाग्दैन। लुटेर खा भाइ लुटेर खा भनेर गीत बनाएछन्, जनताले तिम्रो गीत मन पराएनौं भनेपछि युट्युबबाट हटाएछन्।’

उनले गायकलाई २५ हजार पुरस्कार दिने घोषणा गरेका कांग्रेस सांसद अमरेशकुमार सिंहप्रति पनि कटाक्ष गरे । उनले भने,‘त्यस्तो राम्रो लुटेर खान सिकाउने गीत नेपालीलाई सुहाउँदो, किन हटाएको भनेर राख्नुपर्छ भनेछन्। हाम्रो त बाटै त्यही २५ हजार पुरस्कार दिन्छु भनछन्। मलाई अचम्म लाग्छ, हामी कता जान खोज्दैछौं।’



प्रतिक्रिया दिनुहोस्