Logo

नेपाल मेडीसिटीद्धारा इसीमोडमा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना



काठमाडौं, ८ फागुन । अन्तराष्ट्रिय संस्था इसीमोडको ललितपुरस्थित कार्यालयमा बुधबार बाल स्वास्थ्य तथा पोषण विषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।  नेपाल मेडीसिटी अस्पतालकी बालरोग विभाग प्रमुख डा. आना शर्माको उपस्थितीमा नेपाल मेडीसिटीले इसीमोडमा सो कार्यक्रम सञ्चालन गरेको हो ।

इसीमोडमा कार्यरत कर्मचारीका बालबालिकाहरुको स्वास्थ्य र शारिरीक विकासक्रमलाई ध्यानमा राख्दै डा. शर्माले जनचेतनामुलक अन्तक्रिया गरेकी हुन् ।

अधिकांश अभिभावकहरुलाई व्यस्त जीवनशैली अपनाउनुपर्ने र पारिवारीक जिम्मेवारी पनि संगसंगै अघि बढाउनुपर्ने चुनौती रहेकाले पछिल्लो समय बालविकासमा ध्यानदिनुपर्ने कुराहरु धेरै रहेको उनको भनाई थियो ।

बालविकासका लागी अभिभावकको भूमिका महत्वपूर्ण रहेकाले यस किसिमको चेतनामूलक कार्यक्रमको आयोजना गरिएको र निरन्तरतासमेत आवश्यक रहेकामो डा. शर्माले जोड दिईन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot