काठमाडौं, ९ फागुन । च्याम्पियन्स लिगको पहिलो लेगमा म्यानचेस्टर सिटीले एफसी साल्केलाई ३–२ ले हराएको छ। बुधबार सम्पन्न अन्तिम १६ को पहिलो लेग खेलमा पहिलो हाफ सकिदा सिटी २-१ ले पछाडी परेको थियो। साल्केले पहिलो हाफका दुबै गोल पेनाल्टीमार्फत गरेको हो।
खेलको ३८ र ४५ औं मिनेटमा प्राप्त पेनाल्टीको अवसरलाई बेन्तालेबले साल्केको पक्षमा पारेका थिए। सो खेलमा पहिलो अग्रतमा भने सिटीले खेलको १८ औं मिनेटमा सर्जियो अग्युरोको गोलबाट लिएको थियो।
दोश्रो हाफमा १० खेलाडीमा सिमित भएको सिटीका लागि लिरोय सानेले ८५ औं मिनेटमा बराबरी गोल फर्काए। ६८ औं मिनेटमा सिटीका निकोलास ओतामेन्दीले दोहोरो पहेंलो कार्ड खाएपछि सिटी १० खेलाडीमा खुम्चिनु पुगेको थियो।
१० खेलाडी र बराबरीको दबाबमा रहेको सिटीले खेलको ९० औं मिनेटमा रहिम स्ट्रलिङ्गको गोलले नतिजा आफ्नो पक्षमा पार्न सफल रह्यो। सो गोल उनले ९० औं मिनेटमा गरेका थिए।