Logo

बम विष्फोटपछि विप्लव–बादल आमने सामने



फागुन ११, काठमाण्डौ । शुक्रबार राती ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडी अज्ञात समुहले बम बिस्फोट गराए । घटनामा परी ३ जना गम्भिर घाइते भए । घाइते मध्ये एकजनाको उपचारको क्रममा शनिबार मृत्यु भयो ।

घटना कसले गरायो भन्ने अहिलेसम्म खुलेको छैन । तर अर्धभुमिगतरुपमा राजनीति गरिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको हुन सक्ने आंशका गरिएको छ ।

दूर संचार प्रदायक संस्था एनसेलले सरकारलाई पुँजिगत लाभकर नतिरेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले कारबाही गर्ने चेतावनी दिएको थियो । विप्लव नेतृत्वको पार्टीले भौतिक कारबाहीसमेत गर्ने भनेर चेतावनी दिइरहेका बेला शुक्रबार एक्कासी एनसेलको मूख्यालयसहित जिल्लाका विभिन्न कार्यालय र टावरमा बम विष्फोट भएपछि सबैले त्यही पार्टीप्रति आशंका गरेका छन् ।

ललितपुरस्थित एनसेलको मूख्य कार्यालयका गराईको विष्फोटमा परी घाइते भएकालाई भेट्न शनिवार गृहमन्त्री रामबहादुर थापा, प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाललगायत अस्पताल पुगे । घाइतेहरुलाई आश्वस्त पार्दै गृहमन्त्री थापाले यस्ता घटना देशभरी नै भइरहेको उल्लेख गर्दै दोषी पत्ता लगाएर कारवाही गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

तर बम कसले विष्फोट गरायो भन्ने विषयमा स्पष्ट हुने गरी केही बोल्नुभएन । यता नेपाल प्रहरीले भने अर्धभुमिगत रुपमा संर्घष गरीरहेको विप्लव समुहले बम विष्फोट गराएको हुन सक्ने आंशका गरेको छ । विगतमा पनि विभिन्न घटनामा संलग्न भएको आरोपमा विल्लप नेतृत्वको नेकपाका नेता कार्यकर्ता पक्राउ पर्ने गरेका थिए । विगतमा संगै १० बर्षे जनयुद्ध गरेका गृहमन्त्री थापा र नेकपाका संयोजक नेत्रविक्रम चन्द त्यसबेला घनिष्ठ सहपाठी हुन ।

अहिले एकजना सरकारको गृहमन्त्री छन भने अर्को शसस्त्र विद्रोहमा । पछिल्लो समयमा यी दुइ सहकर्मीहरु अहिले एकअर्काप्रति कट्टर दुस्मनीका रुपमा देखिएका छन । संगैका सारथीहरु पुष्पकमल दाहाल, रामबहादुर थापा देश बनाउने अभियानमा लागेका छन् भने विप्लव अझै क्रान्ति नसकिएको भन्दै संघर्षमा छन् । पछिल्लो समय विप्लव भूमिगत जस्तै छन् । उनको पार्टी अर्धभूमिगत शैलीमा सक्रिय छ । सरकारले सुरक्षा चुनौतीका रुपमा समेत यो पार्टीलाई लिने गरेको छ । अहिले विप्लव नेतृत्वको नेकपाको बाटो कुन हो ? भनेर चर्चा शुरु भएको छ । सरकारले विप्लवको राजनीतिलाई अस्वीकार गरिसकेको छ । कुनै बेलाका विप्लवका गुरु अर्थात कमाण्डर रहेका बादल अहिले गृहमन्त्री छन् ।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा चन्दा आतंकको आरोपमा पक्राउ परेपछि बादलको प्रतिक्रिया नेपाली राजनितिमा निकै चर्चा पायो । विगतमा सँगै संघर्षमा होमिएकाहरु अहिले एक अर्कालाई अपराधी र प्रतिक्रियावादीको आरोपमा उत्रिएका छन् । कतिपयले यो दूरी बढ्दै गए देशका लागि दुर्भाग्य हुनसक्ने समेत खतरा देख्न थालेका छन् ।

विप्लवहरुलाई धेरै विच्काए ०५२ सालतिरै फर्कनेसक्ने खतरा बढ्ने भन्दे केहीले राजनीतिक रुपमै समस्या समाधान गर्न सुझाब दिइरहेका छन् । तर सरकार र विप्लव समुहबीच अहिलेसम्म औपचारिक वार्ता हुन सकेको छैन । दमनले प्रतिरोध निम्त्याउने भन्दै विप्लवले गृहमन्त्रीको बागडोर सम्माहलेका आफ्ना पुर्वसहर्की बादललाई चेतावनी दिने गरेका छन । सरकारले नेकपाका नेता कार्यकर्तालाई कस्तो व्यवहार गर्छ त्यसले नेकपा विप्लवको भोलीको यात्रा तय हुने राजनीतिक विश्लेषकहरुको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्