काठमाडौं, १२ फागुन । युवा तथा खेलकुद मन्त्रालयले एकै प्रकृतिका खेलका एक भन्दा बढि राष्ट्रिय संघहरुलाई एकआपसमा गाभ्ने काम सुरु गरेको छ । यसै क्रममा आइतबार मर्डिन पेन्टाथोलन एशोसिएसन र मोर्डन पेन्टाथलन फेडेरेशनलाई एक आपसमा गाभिएको हो ।
आइतबार सिंहदरबारमा आयोजित कार्यक्रममा खेलकुदमन्त्री जगत बिश्वकर्माले दुई संघ एक आपसमा गाभिएको घोषणाा गर्दे दुवै संघका पदाधिकारीलाई स्वागत गर्नुभयो । दुवै संघहरु एक आपसमा अस्तीत्वमा रहेको दाबी गरिरहेको अबस्थामा मन्त्रालयको निर्णय बमोजिम गठन भएको विवाद समाधान समस्या सहजीकरण समितिले दुवै संघलाई गाम्भे निर्णय गरेको थियो ।
दर्ता नंवर १३५ कायम रहेको एशोसियसन २०७० साल असार १९ गते राखेपका वर्तमान उपाध्यक्ष पिताम्वर तिम्सिनाको अध्यक्षतामा गठन भएको थियो भने । दर्ता नंवर १५८ रहेको फेडेरेशन २०७२ साल फाल्गुन १२ गते राजेन्द्र श्रेष्ठको अध्यक्षतामा गठन भएको थियो ।
अहिले एशोसियसनलाई फेडेरेशनमा गाभिएको हो । कार्यक्रममा खेलकुदमन्त्री विश्वकर्माले खेल बिधामा रहेका विवाद समाधान हल गर्दे खेलको बिकासका लागी अघि बढ्दै जाने बतानुभयो । त्यस्तै दुवै संघका अध्यक्षहरुले खेलको बिकासका लागी गाम्भे निर्णय गरिएको जानकारी गराईएको थियो ।
तस्विर : मुकुन्द कालिकोटे