Logo

सरकारलाई सर्वोच्चको प्रश्न– चार्ल्स शोभराजलाई थुनिराख्ने कि छाड्ने ?



काठमाडौं १३ फागुन । कुख्यात अपराधी ठहरिएका फ्रान्सेली नागरिक चार्ल्स गुरुमुख शोभराजको मुद्दामा ज्येष्ठ नागरिकको सुविधा दिने वा जेलमै राख्ने जिम्मेवारी सरकारलाई दिँदै सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।

शोभराजलाई ज्येष्ठ नागरिकमा छुट सुविधा दिन मिल्ने हो वा होइन भनी तीन महिनाभित्र सरकारले निर्णय दिनुपर्ने परमादेशमा उल्लेख छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवठा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले शोभराजको रिट निवेदनमाथि फैसला गर्दै तीन महिनाभित्र निर्णय गर्न परमादेश दिएको हो ।

शोभराजले नेपाली ज्येष्ठ नागरिक ऐनका आधारमा आफू उमेरहदका कारण छुट्न पाउने सुविधा माग्दै शोभराजकी कानुन व्यवसायी अधिवक्ता शकुन्तला थापाले सर्वोच्चमा कात्तिक १९ मा रिट निवेदन दर्ता गरेकी थिइन् ।

शोभराजले ज्येष्ठ नागरिक ऐनमा टेकेर निवेदन दर्ता गरे पनि ऐनमा ‘ज्येष्ठ नागरिक भन्नाले ६० वर्ष उमेर पुरा गरेको नेपाली नागरिक सम्झनु पर्छ’ भन्ने परिभाषा उल्लेख छ । तर उनी भने विदेशी नागरिक हुन् । –नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot