Logo

कार्यदल भंग गर्दा योगेशलाई किन आपत्ति ? (भिडियो)



फागुन १३, काठमाण्डौ । सांगठनिक एकता प्रक्रिया पूरा गर्न सत्तारुढ दलको स्थायी कमिटिले गठन गरेको कार्यदल भंग गरिएपछि अन्योल बढेको छ ।

विधानअनुसार जुन कमिटीले कार्यदल गठन गर्यो त्यसैले भंग गर्ने व्यवस्थाविपरित सचिवालयले भंग गरेको छ । यस विषयमा कार्यदलको केही सदस्यहरुले आपत्ती जनाएका छन् ।

त्यसमध्येका एक सदस्य योगेश भट्टराईसँग ऋषि धमलाले कुराकानी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा कुरा गर्दै भट्टराईले कार्यदललाई निकम्मा भनेर भंग गरिएको भन्ने हल्ला गलत भएको बताए ।

“कार्यदल बनाएर कामको जिम्मा दिइएको थियो । हामीले अध्यक्षद्धयको निर्देशनअनुसार नै काम गरिरहेका थियौँ । तर पछिल्लो समय कार्यदलको काम खासै प्रभावकारी भएन ।” उनले भने ।

कार्यदलको जवाफदेहिता नेतृत्वले लिनुपर्छ भन्दै भट्टराईले संयोजक रामबहादुर थापा र सचिवालयका महासचिव विष्णु पौडेलले प्रभावकारी काम गर्न नसक्दा कार्यदल भंग भएको बताए ।

“स्थायी कमिटीले गठन गरेको कार्यदल सचिवालयले भंग गर्दा स्थिती चिन्ताजनक देखिएको छ ।” उनले भने ।

असन्तुष्ट भट्टराईले कार्यदलकै असन्तुष्ट पक्षको तर्फबाट भन्दै अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाललाई छुट्टै प्रतिवेदन बुझाइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्