फागुन १३, काठमाण्डौ । नेपाली कांग्रेसले समयमै आफ्नो भातृसंगठन नेपाल बिद्यार्थी संघको महाधिबेशन गराउन नसक्दा शिर्ष नेताको टाउको दुखाई बनेको छ । कार्यसमितिको म्याद दुई पटक थपिदा समेत महाधिबेशनको टुंगो नलाग्दा नेविसंघका नेताहरुबीच कुटाकुट नै हुन थालेको छ ।
आइतबार केन्द्रीय समिति बैठक बस्नुअघि नेबिसंघका नेता पार्टी कार्यालय पुगीसकेका थिए । पार्टीका शिर्ष नेता पार्टी कार्यालय प्रबेश गर्न लाग्दा उनीहरुले रोकेपछि गुट उपगुटमा बिभाजित नेविसंघका नेताहरुबीच झडप नै भयो ।
झडपपछि बिद्यार्थी नेताहरुले उक्त घटना दुखद भएको टिप्पणी गरेका थिए । उक्त घटनाको विषयमा ऋषि धमलाल दुई पक्षीय नेताहरु कुन्दन काफ्ले र सरोज थापा एक अर्कामाथि आरोप प्रत्यारोपमा उत्रिएका छन् ।
झडपको मुख्य कारण हो नेविसंघको विधानमा उल्लेख भएको ३२ वर्षे उमेर हद तदर्थ समितिमा राख्ने किन नराख्ने भन्ने बिषय । यहि बिवादको निर्णय गर्न नसक्दा कांग्रेस आफै अप्ठेरोमा परेको छ । अध्यक्षको दौडमा रहेका धेरै नेता ३२ वर्ष माथिका छन । पार्टीले पारित गरेको विधान नै कार्यान्वयन गर्न धुकचुक गरेर कांग्रेस नेतृत्वले नेविसंघलाई झडपको स्थितिमा पु¥याएको छ ।
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा कुरा गर्दै काफ्ले र थापा एकअर्काविरुद्ध खनिएका छन् ।