Logo

दोस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जे देखियो (फोटोफिचर)



उत्कृष्ट चलचित्रको अवार्ड ‘डाइङ क्याण्डल’ लाई

काठमाडौँ, १३ फागुन । ‘दोस्रो नेपाल अन्तर्रा्ष्ट्रिय चलचित्र महोत्सव’ आज काठमाडौंमा एक भव्य कार्यक्रमकाबीच सम्पन्न भएको छ ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा गत बिहीबारबाट शुरु भएको महोत्सवमा उत्कृष्ट कथा चलचित्रको अवार्ड ‘डाइङ क्याण्डल’ (निब्दो मैनवत्ती) ले हात पारेको छ ।

नरेशकुमार केसीद्वारा निर्दे्शित उक्त चलचित्रलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नगद रु ५० हजारसहित उक्त अवार्ड प्रदान गर्नुभएको हो ।

यसैगरी केसीले नै उत्कृष्ट कथा निर्देशकको समेत अवार्ड पाउनु भएको थियो । उत्कृष्ट स्क्रीन चलचित्र अवार्ड शिवम् अधिकारीद्वारा निर्दे्शित ‘पञ्चायत’ चलचित्रले प्राप्त गरेको छ ।

त्यस्तै, छोटो चलचित्रमध्येबाट शेनाङ्ग ग्याम्जो तामाङद्वारा निर्दे्शित चलचित्र ‘सुपरमोङक’ उत्कृष्ट भएको छ । यस्तै छोटो चलचित्रबाट उत्कृष्ट निर्देशकको अवार्ड ‘मदर’ चलचित्रका निर्देशक परिच्छेद सेनले प्राप्त गरेका छन् ।

यसैगरी अन्तर्रा्ष्ट्रियतर्फ छोटो चलचित्रमा बङ्गलादेशको ‘मिन अल्याप’ उत्कृष्ट भएको छ । सुवर्ण सेन्जुटि तुल्सीद्वारा निर्दे्शित उक्त चलचित्रले नगद रु ५० हजार प्राप्त गरेको थियो । यस्तै उत्कृष्ट कथा चलचित्र सिङ्गापुरको ‘द ल्याण्ड इमेज’ले प्राप्त गरेको छ ।

महोत्सवको समापन अवसरमा उपप्रधान तथा रक्षामन्त्री पोखरेलले महोत्सवले मुलुकको राष्ट्रिय एकता र विविधतालाई जोड्ने बताएका थिए । उनले यस्ता महोत्सवले विभिन्न मुलुकको सांस्कृतिक र कुटनीतिक क्षेत्रलाई नजिक ल्याउन सहयोग पु¥याउने बताउँदै समाजमा कतै नसुनिएका र नदेखिएका कुरालाई चलचित्रले कलाको माध्यमबाट प्रस्फुटन गराउनुपर्ने धारणा व्यक्त गरे ।

नेपालका लागि बाज्रिलका राजदूत मारिया टेरेसा मेस्कुरा पेसोआले यस्ता महोत्सवले विभिन्न देशको सांस्कृतिक एकतालाई नजिक ल्याउने बताएका थिए ।

पाँच दिनसम्म राष्ट्रिय सभागृहमा सञ्चालन भएको महोत्सवमा नेपालसहित बङ्गलादेश, चीन, भारत, अमेरिका, जापान, सिङ्गापुर, मलेसिया, फिलिपिन्सलगायत ३० देशका छोटा र लामा चलचित्रले भाग लिएको प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिए ।

उनले विभिन्न ६०० चलचित्रबाट ६० वटा उत्कृष्ट चलचित्रलाई प्रदर्शनमा राखिएको जानकारी दिए ।

तस्विर : मुकुन्द कालिकोटे/www.reportersnepal.com



प्रतिक्रिया दिनुहोस्