Logo

हेलिकप्टर दुर्घटनाबारे वरिष्ठ पाइलटको खुलासा : खराब मौसम कि इञ्जिन ? (भिडियो)



फागुन १६, काठमाण्डौ । वरिष्ठ विमान चालक केपी पौडेलले नेपालको भौगोलिक बनावटका कारण हवाई यात्रा चुनौतिपूर्ण भएको बताएका छन् । नेपालको मौसम पनि ठाउँअनुसार भिन्न भिन्न र छोटो समयमै परिवर्तन भइरहने भएकाले हवाई उडानमा बढि खतरा हुने गरेको उनले बताए ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै उनले हिजो भएको हेलिकप्टर दुर्घटनाको मुख्य कारण पनि खराब मौसम नै हुनसक्ने बताए ।

यद्यपी दुर्घटनाका विषयमा गम्भीर अनुसन्धान गर्नुपर्ने पौडेलले बताए । चालकले मौसम खराब छ भन्दा भन्दै उडान गर्नु र एक मिनेटमै दुर्घटनामा पर्नुले मौसम नै मुख्य कारण हुन सक्ने पौडेलको तर्क छ । यद्यपी एक मिनेटभित्रै दुर्घटना भएकाले इन्जिन खराब पनि हुनसक्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्