Logo

पूर्वअर्थमन्त्री अधिकारीको स्वास्थ्य अवस्था नाजुक



काठमाडौं, १७ फागुन । पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । काठमाडौको ह्याम्स अस्पतालमा उपचार गराइरहनुभएका अधिकारीको अवस्था नाजुक बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

अधिकारीको स्वास्थ्य अवस्था विग्रिएपछि गत माघ २४ गते अस्पताल भर्ना गरिएको अधिकारीका प्रेस सहयोगी महेश विष्टले जानकारी दिए ।अधिकारी ‘निमोनिया’बाट पीडित रहँदै आएका छन् ।

अधिकारीको उपचारमा डाक्टरद्धय अर्जुन कार्की र राजु पंगेनी नेतृत्वको टोली खटिदै आएको छ । त्यस्तै अधिकारीमा मुटुको समेत समस्या देखिएकाले डा. मानवहादुर केसीको टोली समेत खटिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot