Logo

‘विकास र समृद्धि’ बारे पुस्तक लेख्ने भरतमोहन अधिकारीको चाहना अधुरै रह्यो



काठमाडौं, १८ फागुन । पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन भएको छ। तीन साता अघिदेखि ह्याम्स अस्पतालमा उपचार गराइरहेका ८२ वर्षीय अधिकारीको आज (शनिवार) राति मृत्यु भएको अस्पतालले जनाएको छ।

१५ दिनअघि कम्युनिष्ट नेता एवम् आफ्ना सम्धी कृष्ण आचार्यलाई अस्पतालमै बोलाएर उनले तीन वटा कुरा गरेका थिए । आचार्यले भने,”उहाँले मलाई अस्पताल बोलाउनुभयो । बुढाले तीन वटा कुरा गर्नुभयो । पहिलो कुरा, उहाँले अहिले नेकपाको दुई तिहाईको बहुमत छ, झगडा नगर्न भनेर नेताहरुलाई भन्नुहोस है भन्नुभयो । दोस्रो कुरा, विकास र समृद्धि अहिलेको मुख्य एजेण्डा हो । सबै नेताहरु एक भएर अगाडि बढ्नुहोस भन्नुभयो ।”

उता स्वर्गीय अधिकारीका छोरी ज्वाँई सुदिप आचार्यले अधिकारीको विकास र समृद्धिबारे पुस्तक लेख्ने अन्तिम चाहना रहेपनि त्यो अधुरै रहेको बताए । उनले भने,”उहाँ विकास र समृद्धिबारे एउटा पुस्तक लेख्न चाहनुहुुन्थ्यो। तर, उहाँको त्यो चाहना अधुरै रह्यो ।



प्रतिक्रिया दिनुहोस्