Logo

रेशम चौधरीबारे अदालतको फैसला आज, अबको यात्रा जेल कि संसद भवन ?



फागुन २२, काठमाण्डौ । तीन वर्ष अगाडि भएको टिकापुर काण्डका योजनाकार भएको आरोप लागेका रेशम चौधरीबारे आज फैसला हुँदैछ ।

जिल्ला अदालत कैलालीमा गत बुधबारदेखि सुरु भएको टीकापुर घटनाको बहस सकिएको छ । ८ प्रहरी र एक नाबालकसहित नौ जनाको ज्यान गएको तीन वर्षअघिको घटनाको मंगलबार बहस सकिएपछि अब फैसला हुन मात्रै बाँकी छ ।

घटनामा बाहलवाला सांसद् रेशमलाल चौधरीलाई मुख्य अभियुक्त बनाइएको छ । निर्वाचित सांसद् चौधरी मुद्दाकै कारण थुनामा छन् । अदालतले सफाइ दिएमा उनी थुनामुक्त हुनेछन् । दोषी ठहर गरेमा प्रतिनिधिसभाको यात्रामा थप ब्रेक लाग्नेछ ।

अदालतले दोषी ठहर गरेमा चौधरी थुनामै रहेर चौधरीले मुद्दाको पुनरावेदन प्रक्रियामा सहभागी हुन सक्नेछन् । शपथ लिए पनि सांसदको हैसियतले कुनै पनि काम गर्न पाउने छैनन् ।

बुधबार अदालतले मुद्दाको अन्तिम फैसला गर्ने संकेत जिल्ला अदालत कैलालीले दिएको छ ।

जिल्ला न्यायाधीश पर्शुरामा भट्टराईको इजलासमा टीकारपुरको घटनाको बहस सकिएको हो । झन्डै साढे तीन वर्षपछि अन्तिम बहस सुरु भएको थियो ।

टीकापुर घटनाका मुख्य आरोपित मानिएका रेसम चौधरी घटनापश्चात् प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए पनि कारागारमै छन् । निर्वाचित भएको एक वर्षपछि चौधरीलाई शपथ गराइएको थियो ।

घटनामा संलग्न भएको आरोपितमध्ये ३२ जना अझै फरार छन् । एक नाबालक, सांसद चौधरीसहित २६ जना भने पुर्पक्षका लागि थुनामा छन् ।

२०७२ भदौ ७ गते टीकापुरमा थरुहट÷थारुवान आन्दोलनको क्रममा आन्दोलनकारी र प्रहरीबीचको दोहोरो झडपमा परी एक नाबालक र ८ प्रहरीको ज्यान गएको थियो ।



प्रतिक्रिया दिनुहोस्