Logo

थापा, राणा र लोहनीको तराई मोह : किन उठाए हिन्दूराष्ट्रको एजेण्डा ?



काठमाडौं, २२ फागुन । राजावादी शक्तिहरुले हिन्दू राष्ट्रको एजेण्डालाई पछिल्लो समय जोडतोडले उठाउँदै आएका छन । राप्रपाका अध्यक्ष कमल थापाले त जनजागरण अभियान नै सञ्चालन गरेका छन् । उता, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशम्शेर राणाले पनि तराईमा पुगेर यो एजेण्डालाई विशेष महत्वको साथ उठाएका छन् ।

थापाले हिन्दू राष्ट्र पूर्नस्थापना नगरे मुलुक संकटमा पर्ने भन्दै गम्भिर प्रश्न उठाउँदै आएका छन् । यता राणाले पनि हिन्दूराष्ट्रको पहिचान पुनस्र्थापित गर्नुपर्नेमा विशेष महत्व दिएका छन् । उनीहरुले मौलिक पहिचान कम्युनिष्ट र काङ्ग्रेसले मिलेर मेटेको आरोप लगाउँदै आएका छन् ।

राणाले त आजमात्रै राजविराजमा आयोजित विशेष कार्यक्रममा सगरमाथा र गोर्खालीको नामले चिनिएझैं संसारकै एक्लो हिन्दू राज्य भनेर चिनिएको नेपालको पहिचान पुनस्र्थापित गरी छाड्ने बताए ।

नेता राणाले राष्ट्रपतिभन्दा पुरानो संरचनाकै राजसंस्थाबाट मात्र निष्पक्ष अभिभावकको भूमिका निर्वाह हुने जिकिर गरेका थिए । अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले हिन्दू राष्ट्र पुनस्र्थापित गर्न सडकमा उत्रिने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्