Logo

विप्लवको घरमा प्रहरीको छापा, भाग्न खोज्दा गोली चल्यो, समाधान के ?



फागुन २३, काठमाण्डौ । भूमिगत जस्तै बनिसकेको विप्लव नेतृत्वको नेकपा सरकारका लागि टाउको दुखाईको विषय बनेको छ ।

ललितपुरको एनसेल कार्यालयमा बम विष्फोट गराएपछि सरकार विप्लवसँग सतर्क भएको छ । यसैबीच महासचिव नेत्रविक्रम चन्द विप्लवको घर रहेको शिवगढीमा प्रहरीले सर्च अपरेसन गरेको छ ।

शिवराज नगरपालिका–९ शिवगढीस्थित विप्लवका भतिज यादव चन्दको घरमा बिहीबार बिहानै प्रहरी टोली पुगेको थियो । प्रहरीले खानतलासी गर्दागर्दै स्थानीयबासी प्रतिकारमा उत्रिँदा प्रहरी जवान अमर वली र पुतली चौधरी सामान्य घाइते भएका छन् ।

प्रहरीको अयिभानमा बाधा पुर्याउन स्थानीयले स्कूले विद्यार्थीसमेत ल्याएका थिए ।

यस्तै, प्रहरीले विप्लव समूहका नेता दुर्गाबहादुर रोकाको घरमा पनि छापा मारेको छ । प्रहरी टोलीले घर घेरा हालेपछि विप्लव समूहका नेता रोका भाग्न खोज्दा गोली चलाइएको छ । उनको लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा उपचार भइरहेको छ ।

चन्दको घरबाट एसएमजी राइफल एक थान र त्यसमा लाग्ने म्यागेजिन ३ वटा, चाइनिज पेस्तोल एक थान र म्यागेजिन २ वटा, ४० मिटर तार र एक थान रिमोट बरामद भएको छ ।

विप्लवसंग वार्ता कि दमन ?

गएको भदौ ८ गते मन्त्रीपरिषदको बैठकले द्धन्द्धरत विभिन्नभुमिगत राजनितिक पार्टी तथा सहमुहरुसंग वार्ता गर्न वार्ता समिती गठन ग¥यो । तर अहिलेसम्म केहीसाना समुहहरुसंग वार्ता गरेपनिअर्धभुमिगतरुपमादेशकाविभिन्नठांउमाहिंसात्मकगतिविधमा संलग्नरहेको दावी गरिएको नेत्रविक्रमचन्दविप्लव नेतृत्वको नेकपासँगभने वार्ताको कुने पहलभएको छैन । पछिल्लो समयउनको समुहले देखाएको गतिविधिले राष्ट्रिय सुरक्षानितीमा समेत चुनौतीथपेको बताइरदा वार्ताको पहल भने हुन सकेको छैन ।

प्रधानमन्त्रीदेखि गृहमन्त्रीले समेत अर्धभुमिगत रुपमा आफ्ना संगठन विस्तार गरी रहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको गतिविधिबारेमा विभिन्न प्रक्रिया दिदै आएका छन ।

मंगलबार मात्रै झापा मापुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको पछिल्लो गतिविधिबारे सरकार गम्भिर भएको बताएका थिए । पछिल्लो समय हिंसात्मक घटना बढाएको भन्दै गृहमन्त्रालय र प्रहरीलाई गतिविधिबारे गंम्भिर रुपमा नियाल्न निर्देशन दिएका छन् । यसकै नतिजा हुन सक्छ विप्लवको घरमा छापा ।

प्रधानमन्त्रीले समेत विभिन्न कार्यक्रममा गएर उनीहरुको गतिविधिबारे बोलीरहदां वार्ताको पहल भने हुन सकेको छैन । सरकारले गत भदौमा सांसद सोमनाथ पाण्डेको संयोजगत्वमा विभिन्न भुमिगत समुहहरु संग वार्ता गर्न ५ सदस्यीय वार्ता टोली गठन गरेको थियो । तर वार्ता टोलीले अहिलेसम्म अन्य साना भुमिगत समुहसंग मात्रै वार्ता गरेको थियो ।

केही साताअघि मात्रै राजधानी लगायत विभिन्न जिल्लामा रहेको एनसेएल टावरमा मानिसको ज्यानै जाने गरी नेकपाले बम बिस्फोट गराएको थियो । बुधबार धनगढी पुगेका गृहमन्त्री रामबहादुर थापाले विप्लव नेतृत्वको नेकपाको गतिविधिबारे सरकार गंम्भिर भएको बताउनुले पनि सरकार उनीहरुको गतिविधिबाट कति त्रसित छन भन्ने स्पष्ट भएको छ ।

त्यसो त विप्लव नेतृत्वको नेकपाले भने आफुहरुलाई अहिलेसम्म आधिकारिक रुपमा वार्ताको लागि कुनै पत्र नआउको दावी गरेको छ । केही महिना अघि नेकपाका प्रवत्ता समेत रहेका खड्ग बहादुर विश्वकर्माको पक्राउ काण्डले पनि नेपाली राजनितिमा ठुलै हलचल मच्चियो । नेकपाका प्रवत्ताले त आफुहरुको माग सम्बोधन नभएसम्म सरकारसंग वार्ता नगर्ने चेतावनी दिइसेका छन ।

सरकार पनि विप्लव नेतृत्वको नेकपाले आफ्नो संगठन बलियो बनाउदै लगीरहेको सुचनाबारे बेखबर भने छैन । तर पनि वार्ताको लागि कुनै पहलकदमी नगर्नुले पनि उनीहरुलाई आफ्नो गतिविधिबाट प्रभाव पार्न र संगठन विस्तारमा थप बल पुगेको विश्लेषण हुनथालेको छ ।



प्रतिक्रिया दिनुहोस्