काठमाडौँ, २३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंह नेत्रविक्रम चन्द ‘विप्लव’ सँग खनिएका छन् ।
सिंहले आफ्ना पार्टीका समर्थक विभिन्न गाउँपालिकाहरूमा जबर्जस्ती चन्दा असुली र उनीहरूका कार्यक्रमहरूमा सहभागि हुन धम्की दिने गरेको भन्दै त्यसको विरोध गरेका छन् । महामन्त्री सिंहले बिहीबार एक वक्तव्य जारी गर्दै विप्लव समुहलाई त्यस्तो धम्की नदोहोर्याउन चेतावनी दिएका हुन् ।
‘हामी यस्तो गतिविधिलाई हामी गलत मान्दछौँ र विरोध गर्दछौँ ’ वक्तव्यमा भनिएको छ । महामन्त्री सिंहले नेकपा विप्लब पक्षलाई आफ्नो मित्र शक्ति मानेपनि उनीहरूले आफूप्रति शत्रुतापूर्ण व्यवहार अपनाउँदै गइरहेको जनाएका छन् ।