Logo

आज १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, काठमाडौंमा प्रभातफेरी (फोटोफिचर)



काठमाडौं, २४ फागुन । आज मार्च ८ अर्थात १०९ औँ अन्तर्रा्ष्ट्रिय श्रमिक महिला दिवस । यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ । यस बर्ष यो दिवस मनाउन नेपालले ‘लैङ्गिक समानताका लागि समान सोंच र व्यवहार समृद्धिको आधार’ भन्ने नारा तय गरेको छ ।

राष्ट्रप्रमुख, सरकार प्रमुख र राजनीतिक दलका शीर्ष नेताहरुले अन्तराष्ट्रिय महिला दिवसको शुभकामना दिएका छन् । काठमाडौंमा आज यो दिवसलाई मनाउनको लागि प्रभातफेरी निकालिएको छ ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्