Logo

सिके राउत–सरकार सहमति : पर्दा पछाडिका पात्र–चोलेन्द्रशमशेरदेखि अग्नी खरेलसम्म



फागुन २६, काठमाण्डौ । स्वतन्त्र मधेश अभियानका अभियन्ता डाक्टर सिके राउतलाई गत बिहीबार सर्वोच्च अदालतले रिहा गर्ने आदेश आयो ।

कतिपयले यो फैसलालाई अनपेक्षित मानिरहँदा शुक्रबार प्रधानमन्त्री समेतको उपस्थितिमा राजनीतिक सहमतिको अर्को सरप्राइज बाहिरियो । आखिर स्वतन्त्र मधेश अभियान विघटन गरेर राउतलाई मूलधारको राजनीतिमा ल्याउन कसरी सम्भव भयो त रु

नेपाली राजनीतिमा पछिल्लो समय सरप्राइज सहमती बढ्न थालेका छन् । हो, बिहिबार मात्रै पनि राष्ट्रिय अखण्डता विरुद्धको गतिबिधिमा संलग्न भएको अभियोगमा पूर्पक्षका लागि हिरासतमा राखिएका डा। सिके राउत छुटे । त्यो पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश पुरुषोतम भण्डारीको संयुक्त इजलासको आदेशमा ।

सबैलाई आश्चर्यमा पार्नेगरी भएको फैसलामा सरकारकै हात रहेको शुक्रबारको घटनाक्रमले संकेत दियो । स्वतन्त्र मधेशको वकालतसहित अभियान चलाएर पटकपटक जेल बसेका राउतलाई अदालतबाट छुटाउने व्यवस्था महान्याधिवक्ता अग्नि खरेलको पहलमा भएको कतिपयले बताउनु गरेका छन् ।

राउतलाई तराई मधेश केन्द्रित अभियान छोडेर मूलधारको राजनीतिमा ल्याउन प्रधानमन्त्री केपी शर्मा ओली स्वयंको सक्रियता रहेको त राउतले नै खुलासा गरिसके ।

राजनीतिक सल्लाहकार विष्णु रिमाल र पार्टीका तर्फबाट महासचिव विष्णु पौडेलले प्रधानमन्त्री ओलीसम्म राउतलाई ल्याउन पहल गरेका थिए । राउत पुनः पक्राउ पर्नसक्ने आँकलन गरिरहेको अवस्थामा सबैलाई सरप्राइज दिनेगरी शुक्रबार प्रधानमन्त्री ओली र राउत एकै मञ्चमा देखा परे, त्यो पनि राजनीतिक सहमतिको घोषणासहित ।

नेकपा नेतासँगको पटक—पटकको औपचारिक र अनौपचारिक छलफलपछि सम्भव भएको यो सहमतिको भित्री पाटो विस्तारै खुल्दै पनि जाला, तर राज्य बिप्लब अभियोगको पूर्पक्षका लागि थुनामा रहेका एक जना व्यक्ति एकाएक छुट्नु अनि सत्तारुढ दलका नेतासँगै प्रधानमन्त्री समेतको उपस्थितिमा राजनीतिक सहमतीको घोषणा गरिनु आफैमा रहस्यमय छ ।

नयाँ रुपमा मूलधारको राजनीतिक अभियान सुरु गर्ने वा नेपाल कम्युष्टि पार्टी नेकपामै समाहित हुने बारे डाक्टर राउतले मुख नखोले पनि यो सहमतिका कारण नेकपाभित्र भने खैलाबैला मच्चाएको छ । पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, झलनाथ खनालसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता वामदेव गौतम घोषणा सभामा अनुपस्थित हुनुले यसलाई पुष्टि गरेको छ ।

सहमितपछि भीम रावल, जनार्दन शर्मा लगायतको असन्तुष्टी सार्वजनिक भइसकेको छ ।
क्षेत्रीय चुनौतीका रुपमा रहेका डा। राउतलाई मूलधारको राजनीतिमा ल्याइनु देश र जनताका लागि सकारात्मक कुरा हो ।
तर सरकारले राजनीतिक आस्था र निकटताका आधारमा कसैलाई काखा र कसैलाई पाखा गर्नुहुन्न ।



प्रतिक्रिया दिनुहोस्