काठमाडौं, २७ फागुन । इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई हराएको छ । पूर्व खेलाडी ओले गुना सोल्सायरले प्रशिक्षण समालेपछि म्यान्चेस्टर युनाईटेडको यो पहिलो लिग हार हो ।
गएराति भएको खेलमा आर्सनलले म्यान्चेस्टर युनाईटेडलाई २–० ले हरायो । आर्सनलको घरेलु मैदानमा भएको खेलमा ग्रानिट झाका र अलेक्जेण्डर लाकाजेट्ले एक एक गोल गर्दै टोलीलाई विजयी गराए ।
प्रिमियर लिग फुटबलको अर्को खेलमा लिभरपुलले बर्न्लेलाई ४–२ ले हराएको छ । लिभरपुलको जितमा रोबर्टो फर्मिनो र सादियो मानेको दुई÷दुई गोल सामेल थियो ।
गएराति चेल्सीले भने वुल्भरह्याम्पटन वान्डरर्ससँग १–१ गोलको बराबरी खेलेको छ । वुल्भरह्याम्पटनका राउल जिमिनेजले पहिलो गोल गरेको खेलमा चेल्सीका एडिन हाजार्डले ईन्जुरी समयमा एक गोल फर्काउँदै टोलीलाई हारबाट जोगाए ।
गएरातिका खेलपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा ३० खेलबाट ७४ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ । ७३ अंकका साथ लिभरपुल दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको टोटनह्यामको ६१ अंक छ ।
६० अंकसहित आर्सनल चौथो स्थानमा उक्लिँदा ५८ अंक जोडेको म्यान्चेस्टर युनाईटेड पाँचौ स्थानमा छ । एक खेल कम खेलेको चेल्सी भने ५७ अंकसहित छैटौं स्थानमा रहेको छ । एजेन्सीको सहयोगमा