Logo

व्यवसायिक, प्राविधिक र जनतासंग प्रत्यक्ष जोडिने शिक्षा हुनुपर्छ : प्रचण्ड



काठमाडौँ, २७ फागुन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले देशकाे शिक्षा प्रणाली व्यवसायिक, प्राविधिक र जनतासंग प्रत्यक्ष जोडिने हुनपर्ने बताउनु भएकाे छ ।

खाध्य सम्प्रभुता किसान अधिकार सम्बन्धि प्रथम अन्तर्राष्ट्रि य सम्मेलनमा सम्बोधन गर्दै उहाँ यस्ताे बताउनु भएकाे हाे । किसानलाई हेर्ने दृष्टिकोणकाे सुधार पनि शिक्षाबाट नै हुनपर्ने उहाँको भनाई थियो ।

‘शिक्षा नीति राज्यले कसरी विकास गर्छ भन्ने कुराले कृषि वा कृषकको भविष्य कस्तो हुने भन्ने कुराको निर्धारण गर्छ, ’ अध्यक्ष प्रचण्डले भन्नुभयाे । अनुसन्धानबिना विज्ञान प्रविधिलाई कुनै पनि देश वा हाम्रो देशमा प्रयोग गर्न नसकिने भन्दै हाम्रो देशमा फितलो अनुसन्धान हुनेगरेको उहाँले बताउनुभयाे ।

अध्यक्ष प्रचण्डले अबका आगामी दिनमा राम्रा काम गर्ने र पार्टी एकतालाई अन्तिम रुप दिने बताउनुभयाे । उहाँले पार्टी एकता र सरकारको कामको प्रभावकारीतालाई अझै बलियो बनाउने गरी लागेको बताउनु भयाे ।

उहाँले खाध्य सम्प्रभुता किसान अधिकार सम्बन्धि प्रथम अन्तर्राष्टिय सम्मेलनलाई गम्भीर रुपमा लिनपर्ने र उनले आफ्नो तर्फबाट सफल बनाउन सक्दो सहयोग गर्ने बाचा समेत गर्नुभयाे ।

तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal.com



प्रतिक्रिया दिनुहोस्

Screenshot