Logo

‘पदको दुरुपयोग गर्नेलाई कारवाही हुन्छ’



चितवन, २७ फागुन : नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीको पदको दुरुपयोग गर्नेलाई कारवाही गरिने बताउनुभएको छ ।

जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा निर्मित प्रहरी व्यारेक भवनको आज उद्घाटन गर्दै उहाँले पदको दुरुपयोग गर्ने र गर्न उक्साउने दुवैलाई कारवाही गरिने बताउनुभयो ।

अहिले प्रहरीले नकारात्मक काम निरुत्साहित गर्न अभियान सञ्चालन गर्न लागेको खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “अभियानका लागि देशभरका ७४८ स्थानीय तहसँग सम्झौता भइसकेको छ, यसबाट ६० हजार विद्यार्थी लाभान्वित हुने छन् ।”

सो अवसरमा खनालले डाँफे र मुनाल सदनको उद्घाटन गर्नुभयो । रु सात करोड ७३ लाख ९७ हजारमा भवन निर्माण गरिएको हो । रासस



प्रतिक्रिया दिनुहोस्