Logo

विप्लवविरुद्ध सरकार कठोर, लगायो प्रतिबन्ध



काठमाडौं, २८ फागुन । नेत्रविक्रम चन्द विप्लव समूहसँग सरकार कठोर बनेको छ । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन भएको ठहर समेत गरेको छ ।

आज साँझ बसेको मन्त्रिपरिषदको बैठकले उक्त समूहलाई प्रतिबन्ध समेत लगाएको छ । विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको सरकारको ठहर छ ।



प्रतिक्रिया दिनुहोस्