Logo

सरकार-सिके राउत सम्झौता खारेजीको माग, नेविसंघ सडकमा



काठमाडौं, २८ फागुन । सरकार र सिकेबीच भएको सम्झौताको बिरोधमा प्रर्दशन चर्किन थालेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सरकार र पृथकतावादी नेता सिके राउतबीच भएको सहमतिको विरोधमा मंगलबार काठमाडौमा प्रदर्शन गरेको छ।

राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र जनताको सार्वभौमसत्तामाथि प्रहार हुने गरी विखण्डनवादीलाई राजनीतिक मान्यता दिँदै वैधता प्रदान गरेको भन्दै नेविसंघले सरकारविरुद्ध प्रदर्शन गरेको हो।

‘हिमाल, पहाड, तराई, कोही छैन पराई’ लेखिएको ब्यानरसहित त्रि–चन्द्र क्याम्पसबाट सुरु भएको नेविसंघको प्रदर्शन प्रदर्शनी मार्ग, पुतली सडक, कमलादी, घण्टाघर हुँदै दरबारमार्ग पुगेर कोण सभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै आन्दोलनमा सहभागी बिद्यार्थी नेताहरूले सरकारले सिके राउतसँग भएको सम्झौता कार्यन्वयन गरे देश बिखन्डनमा जाने बताएका छन् ।

तस्विर : मुकुन्द कालिकोटे /ReportersNepal.com



प्रतिक्रिया दिनुहोस्